२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप

श्यामसुन्दर शशि

जनकपुर — आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ ।

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषाको जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ ।

बिहान जनकपुरको ब्रम्हपुरीटोलस्थित एमालेको भ्रातृ संगठन मधेसी लोकतान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष रघुवीर महासेठको घर घेराउ गर्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताहरुबीच झडप भएको हो । मोर्चाका नेता एवं तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले एमालेका कार्यकर्ताहरुले प्रदर्शनकारी माथि घेरा हालेर कुटपिट गरेको आरोप लगाए । उनका अनुसार रघुनाथपुर–१ का राजकुमार साह र कुलदीप साह घाइते छन् । राजकुमारको खुट्टा भाँचिएको छ ।

बुधबार मधेस बन्दको क्रममा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताले महासेठको घरमा एमाले उपाध्यक्ष वामदेव गौतम बसेको थाहा पाएपछि घेराउ गर्न पुगेका थिए । त्यस क्रममा दुवै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपका कारण केहीबेर ब्रम्हपुरीटोल तनावग्रस्त बन्यो । प्रहरीले घटनालाई निणन्त्रणमा लिएको छ । एमाले उपाध्यक्ष गौतम मंगलबार नै जनकपुर आएका थिए । धनुषाको सीमावर्ती गाउँमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौतम यहाँ आएका हुन् । गौतमविरुद्ध हिजैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको मधेस बन्दको पहिलो दिन जनकपुर बजार पनि पूर्णरुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७३ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?