१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चितुवाको आक्रमणबाट वन कर्मचारीसहित ४ घाइते

अर्जुन राजवंशी

दमक — चितुवाको आक्रमणबाट मोरङको राजघाटमा वन कार्यालयका दुई कर्मचारीसहित चार जना घाइते भएका छन् ।
बिहीबार बिहान ८ बजेतिर चितुवाले आक्रमण गर्दा खेत जोत्दै गरेका राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् ।

चितुवाको आक्रमणबाट वन कर्मचारीसहित ४ घाइते

चितुवाको आक्रमणबाट मोरङको राजघाटमा वन कार्यालयका दुई कर्मचारीसहित चार जना घाइते भएका छन् ।

बिहीबार बिहान ८ बजेतिर चितुवाले आक्रमण गर्दा खेत जोत्दै गरेका राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् । खेत जोतिरहेको समयमा अचानक आएको चितुवाले आक्रमण गर्दा टंकलालको दायाँ हातमा गहिरो चोट लागेको छ । टंकलाललाई आक्रमण गरेको हेर्न जाँदा खुशीलाललाई पनि चितुवाले आक्रमण गरेको थियो । उनको ढाड र बायाँ हातमा चिथोरेको छ ।

घटनास्थल पुगेका सेक्टर वन कार्यालय मंगलबारेका फरेष्टर ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय बीरबहादुर कटुवाललाई पनि चितुवाले आक्रमण गरेको थियो ।

उनीहरुलाई बिहान साढे ९ बजेतिर आक्रमण गरेको वन कार्यालयका सुविदार टंक विकले जानकारी दिए । चितुवालाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालयको आग्रहमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली बोलाएको विकले बताए । घाइतेहरुको उर्लाबारीस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७३ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?