२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

माओवादी कार्यकर्तामाथि गोली प्रहार

कान्तिपुर संवाददाता

मोरङ — अज्ञात समूहले सिरहाको मिर्चैया–३ मल्हनीयामा गरेको गोली प्रहारबाट आइतबार माओवादी केन्द्रका कार्यकर्ता घाइते भएका छन् । गोली लागी मझौलीया–४ अरङका ३० वर्षीय लालु खान घाइते भएका हुन् । मल्हनीयाबाट ना३४प १३३४ नम्बरको मोटरसाइकलमा मिर्चैया बजार जाने क्रममा भारतीय र अनटेष्ट नम्बरको २ वटा मोटरसाइकलमा आएका ४ जनाको समूहले गोली प्रहार गरेको ४ मध्ये २ गोली लागेर खान घाइते भएको प्रहरीले जनाएको छ ।

माओवादी कार्यकर्तामाथि गोली प्रहार

अज्ञात समूहले सिरहाको मिर्चैया–३ मल्हनीयामा गरेको गोली प्रहारबाट आइतबार माओवादी केन्द्रका कार्यकर्ता घाइते भएका छन् । गोली लागी मझौलीया–४ अरङका ३० वर्षीय लालु खान घाइते भएका हुन् ।

मल्हनीयाबाट ना३४प १३३४ नम्बरको मोटरसाइकलमा मिर्चैया बजार जाने क्रममा भारतीय र अनटेष्ट नम्बरको २ वटा मोटरसाइकलमा आएका ४ जनाको समूहले गोली प्रहार गरेको ४ मध्ये २ गोली लागेर खान घाइते भएको प्रहरीले जनाएको छ । खानको बायाँ कोखा र घाटीको दाहिने भागमा गोली लागेको छ । उनको टाउकोमा लाठीको समेत चोट रहेको प्रहरीले जनाएको छ ।

घाइते खानलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । लामो समयपछि गोली प्रहार गर्ने घटना दोहोरिएकोले घटनाको गम्भिरता पूर्वक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए । उनले गोली हान्ने समूहको खोजी कार्य तिव्र बनाएको बताए ।

प्रकाशित : फाल्गुन १, २०७३ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?