२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निर्वाचनलाई तयार रहन नेता महतको निर्देशन

कृष्ण थापा

नुवाकोट — कांग्रेस नेता रामशरण महतले पुरानै संरचनामा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् । त्यसका लागि पार्टीका कार्यकर्ता एकढिक्का भएर तयार रहन उनले निर्देशन दिए । गणेशस्थान माछापोखरी-चौघडा जोड्ने झोलुङगे पुलको शुक्रबार शिलान्यास कार्यक्रमपछि नेता महतले यस्तो बताएको हुन् ।

निर्वाचनलाई तयार रहन नेता महतको निर्देशन

कांग्रेस नेता रामशरण महतले पुरानै संरचनामा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् । त्यसका लागि पार्टीका कार्यकर्ता एकढिक्का भएर तयार रहन उनले निर्देशन दिए ।

गणेशस्थान माछापोखरी-चौघडा जोड्ने झोलुङगे पुलको शुक्रबार शिलान्यास कार्यक्रमपछि नेता महतले यस्तो बताएको हुन् । ‘पुरानो संरचनामा निर्वाचन होस्,’ उनले भने, 'यसका लागि आफूले पहिलेदेखि भन्दै आएको छु । निर्वाचन गर्न अहिले मतदाता नामावलीमा समस्या छैन ।’ नयाँ संरचनामा जाँदाखेरी धेरै झन्झट हुने उनले बताए । त्यसका लागि प्रशासनिक संचरना नबनेको र भौतिक संरचनासमेत नबनेकाले निर्वाचन गरेर मात्र सरकारको जिम्मेवारी नहुने उनले बताए ।

निर्वाचन गरेर जिम्मेवारी पूरा नहुने नेता महतले जोड दिए । निर्वाचनको लागि आवश्यक स्रोत र सामग्रीसहित प्रशासनिक प्याकिङ चाहिने उनले बताए । अहिले पनि स्थानीय निकायको चुनावको लागि पुरानो संरचना गर्ने कि नयाँ भनेर बहस भइरहेको बताए । ‘यदि पुरानै संरचनामा निर्वाचन हुने भयो भने साथीहरु तयार भएर बसौं,’ नेता महतले भने । उनले आफूले स्थानीय तह पुनर्संरचनामा आफ्नो निर्वाचन क्षेत्र २ मा पर्ने चौघडा गाविसलाई नफुटाउन आयोगमा निवेदन दिएको बताए ।

‘चौघडा टापुजस्तो भइसकेको थियो, नेता महतले भने, टुक्रयाउन दिइनौ‌’ नेता महतले चौघडा गाविसलाई विकासको लहरेले बाँधिएको बताए । उनले आँप्रहमा पक्की पुल, कालो पत्रे बाटो र लिख सिँचाई तथा तादी सिंचाईलाई १८ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको बताए ।

प्रकाशित : पुस १६, २०७३ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?