२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने प्रधानमन्त्री र माेर्चाबीच समझदारी

पर्सी सरकारले विधेयक संसदमा टेबुल गर्ने
बसन्त बस्नेत

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गरेर तीनवटै निर्वाचन ‘सुनिश्चित गर्ने’ समझदारी बनेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र मोर्चाका नेतहरुबीच भएको छलफलका क्रममा यस्तो समझदारी बनेको हो ।

संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने प्रधानमन्त्री र माेर्चाबीच समझदारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गरेर तीनवटै निर्वाचन ‘सुनिश्चित गर्ने’ समझदारी बनेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र मोर्चाका नेतहरुबीच भएको छलफलका क्रममा यस्तो समझदारी बनेको हो । पर्सी सोमबार सरकारले संविधान संशोधन विधेयक संसदमा टेबुल गर्ने र त्यसलाई पारित गर्न प्रयास गर्नेबारे प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई आश्वासन दिए ।

मोर्चाका नेता एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार मोर्चाले पहिले संविधान संशोधन विधेयक पारित गर्न र त्यसपछि तीनवटै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो । ‘आजको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गराउन सरकार र मोर्चा दुवैको तर्फबाट प्रयास गर्ने र त्यसै क्रममा तीनवटै निर्वाचन सुनिश्चित गर्ने समझदारी भएको छ’ नेता कर्णले बताए ।

बैठकमा सरकारको तर्फबाट संसदमा दर्ता भएको संविधान संशोधनसम्बन्धी प्रस्ताव अघि बढाउने र मधेसी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले निर्वाचनसम्बन्धी कार्यतालिका निश्चित गर्ने समझदारी पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भुसाल सहभागी थिए भने मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका महेन्द्रराय यादव, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा लगायतका नेताहरु सहभागी थिए ।

हिजो शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संशोधन प्रस्ताव अगाडि बढाएर मात्रै निर्वाचन मिति घोषणा गर्ने मोर्चाका नेताहरुले आश्वासन दिएका थिए । यस समझदारीबाट संसदमा दर्ता भएर पनि अनिश्चित भएको संविधान संशोधन प्रस्ताव अब अघि बढ्ने देखिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै लामो समयदेखि सदनमा अवरोध पुर्‍याउँदै आएका छन् ।

प्रकाशित : पुस १६, २०७३ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?