युवा संघद्वारा नेपालगन्जमा चक्काजाम

ठाकुरसिंह थारु

नेपालगन्ज — एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या विरोधमा नेपालगन्जको पुष्पलाल चोकमा चक्काजाम गरिएको छ । युवा संघ बाँकेले हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै एक घण्टा चक्काजाम गरेको हो ।

एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या विरोधमा नेपालगन्जको पुष्पलाल चोकमा चक्काजाम गरिएको छ ।

युवा संघ बाँकेले हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै एक घण्टा चक्काजाम गरेको हो । चक्काजामका कारण नेपालगन्ज—कोहलपुर सडक अवरुद्व भएको छ ।

हत्याविरुद्व एमालेका कार्यकर्ताहरु सडकमा उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा कडा पारेको छ । युवा संघका जिल्ला अध्यक्ष किशोर थापाले हत्यामा संलग्न व्यक्तिहरुलाई कारबाही नगरिए सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।

प्रकाशित : पुस ५, २०७३ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?