१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संशोधन प्रस्ताव फिर्ता गराउन दबाब दिन एसएमएस

पुस ६ गतेसम्म लगातार विरोधका कार्यक्रम गरिने

काठमाडौं — संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले बिहीबार संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् । प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो ।

संशोधन प्रस्ताव फिर्ता गराउन दबाब दिन एसएमएस

संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले बिहीबार संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् ।

सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो । उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस् भनी मोबाइलमा सन्देश लेखेर प्रवाह गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् । युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । सोही कार्यक्रमअन्तर्गत बिहीबार सन्देश प्रवाह गरिएको छ ।

पुस १ गते कपि कलम जुलुससहित रत्नपार्क शान्तिबाटिकामा बिरोध सभा र उपत्यकाबाहिर हरेक क्याम्पसमा कपि कलम जुलुस, पुस २ र ३ गते हरेक क्याम्पसमा विद्यार्थीहरुबाट राष्ट्रियताको पक्षमा प्रधानमन्त्रीको नाममा चिठी संकलन, संकलित चिठी पुस ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण र पुस ६ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राज्ञिक बहस गर्ने कार्यक्रम रहेको अखिलका प्रवत्ता सुदीप शर्माले बताए ।

प्रकाशित : मंसिर ३०, २०७३ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?