[अपडेट] काठमाडौंबाट भैरहवातर्फ गइरहेको बस त्रिशुलीमा खस्यो



धादिङ — मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी-६ गाविसको नाै किलाे नजिक काठमाडाैंबाट भैरहवातर्फ गइरहेकाे यात्रुवाहक बस त्रिशुलीका खसेको छ । दुर्घटनास्थल मुग्लिनबाट किमि नारायणघाट तर्फ पर्छ । बस पौने नौ बजे अासपास नदीमा खसेको प्रहरीले जनाएको छ ।
चितवनका एसपी वसन्त कुँवरका अनुसार काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरकाे बस त्रिशुलीमा खसेको हो । अाठजना घाइतेको प्रहरीले उद्धार गरेको छ भने एककाे मृत्यु भएकाे छ । 'बस नदीमा अाधी डुबेकाे अवस्थामा छ । हामीले भित्र पसेर हेर्याैं अन्य यात्रु पाएनाै,' उनले भने, 'त्यसैले बसमा ड्राइभर र सहचालक गरि ११ जना मात्रै सवार रहेकाे देखियाे । थप अनुसन्धान गर्दै छाैं । ' प्रहरीका अनुसार मृतककाे पहिचान भएकाे छैन ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ कालीखोलामा आज बिहान सवा १ बजे अज्ञात सवारी साधनले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
अन्दाजी १८ वर्षीया ती युवतीको पहिचान खुल्न नसकेको र सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : कार्तिक २, २०७३ २१:३५