दाईजो नल्याएको भन्दै निर्घात कुटपीट

श्रीमान र सासु पक्राउ
ठाकुरसिंह थारु

बाँके — दाईजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपीट गरेका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ ।

गम्भीर घाईते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वषर्ीय वसिम जोलहा र सासु बाबादैया जोलहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले बताए ।

घाइते जोलहालाई उपचारका लागि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएपछि घटना बाहिर आएको उनले बताए । उनीहरुबिरुद्व ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।

२ वर्ष अघि मागी विवाह भएको आसरुनको पटक पटक दाइजो नल्याएको भन्दै घरमा श्रीमान सासु ससुराले कुटपिट गर्ने गरेको बताईन ।

क्याप्सन ः कुटपीटबाट घाईते आसरुन जोलहा । तस्बिर ःकान्तिपुर

प्रकाशित : श्रावण २५, २०७३ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

रामकृष्ण ढकाल र हिमाल सागर यूरोपमा

दीपकज्योति पौडेल

बेल्जियम — गायक जोडी (हीरा) अर्थात् हिमाल सागर र रामकृष्ण ढकालले युरोपका विभिन्न मुलुकहरुमा आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै सोमवार बेल्जियम आएका छन् । स्विडेन, स्विजरल्यान्ड, पोर्चुगल हुँदै बेल्जियम आएको जोडीले आफ्ना नयाँ, पुराना थुप्रै गीतहरु गएर नेपालीलाई मनोरन्जन प्रदान गरे  ।

पोर्चुगलको लिस्बोनबाट करिव ७ घन्टा उडान ढिलो भएर करिव २ घण्टा ढिलो बेल्जियमको कार्यक्रममा पुगेका ढकालले आफ्नो प्रस्तुति हेर्न पर्खेर बसेका दर्शक सामु सुनाउँदै भने ‘तपाईंहरु टिकट त लिनु भएको छ, तर पैसा भन्दा पनि ठूलो नेपाली गीत संगीत प्रतिको माया हो, तपाईंको यो पर्खाइले नेपाली गीत संगीतलाई कति माया गर्नुहुन्छ भनेर अब भनिरहनु पर्दैन ।’

विदेशमा कलाकारहरुलाई गरिएको माया र सम्मान देखेर नै कार्यक्रम गर्नका लागि आएको बताउँदै ‘आफ्नो मान्छे आफ्नै हुन्छ..’ भन्ने गीतबाट सुरु गरेका ढकालले करिव ३ घन्टाको समयमा ‘म हुरीमा दियो जलेको देख्छु..’, ‘चरीले त छाडेर गइ गयो..’, ‘बाचून्जेलीलाई..’, लगायत नयॉ र पुराना गरि करिव दर्जन गीत गएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । ‘नेपाली कला संस्कृतिले नेपालीलाई जोड्छ,’ ढकालले भने, ‘प्रवासमा थोरै थोरै नेपालीहरु भएका र नपुगेका देशमा पनि पुग्न मन छ ।’

ढकालसँगै युरोप आएका अर्का गायक हिमाल सागरले ‘न मैले लेखे न उनले लेखिन..’, ’मेरो माया मारे पछि..’, ’तीन ढिक्के फूली..’, ‘तिम्रो चोलीको तुनामा..’ लगायतका गीतहरु गएर दर्शकहरुलाई खुवै नचाए । आधा दर्जन बढी क्यासेट बाहिर ल्याइसकेका सागरले प्रवासमा नेपालीको नेपाली कला संस्कृति प्रतिको माया देखेर खुसी लागेको बताउँदै आफू थप उत्साहित भएको बताए ।

नेपाली समाज स्वीडेनको निमन्त्रणामा गत हप्ता स्विडेन आएका गायकद्वय आफ्नो झन्डै दुइ हप्ताको सांगीतिक कार्यक्रमसँगै बिहीबार नेपाल फर्किदै छन् । बेल्जियममा एनआरएनए बेल्जियमले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित : श्रावण २५, २०७३ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×