कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सरकार–मोर्चा वार्ता सिंहदरबारमा सुरु

कांग्रेस सभापति देउवासहित ९ दलका अध्यक्ष सहभागी
बसन्त बस्नेत

काठमाडौं — नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको मुद्दा उठाइरहेको मधेसी मोर्चासँग वार्ता थालेका छन् । प्रधानमन्त्रीले मोर्चासहित संसदमा प्रतिनिधित्व गर्ने ९ दलसँग अहिले सिंहदरबारमा वार्ता गरिरहेका छन् ।

सरकार–मोर्चा वार्ता सिंहदरबारमा सुरु

वार्तामा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, मोर्चा नेता उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, रामनरेश राय र राजकिशोर यादव, अनिलकुमार झालगायत सहभागी छन् ।

दाहाल बुधबार व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चुनिएका हुन् । प्रधानमन्त्रीको निर्वाचनअघि कांग्रेस र माओवादी केन्द्रले मधेस केन्द्रित दलसँग सीमांकन, अंगीकृत नागरिकता र समानुपातिक प्रतिनिधित्व लगायत बिषयमा सहमति गरेका थिए ।

वार्ता त्यसै बिषयमा केन्द्रित हुने सहभागी नेताहरुले बताएका छन् ।

प्रकाशित : श्रावण २१, २०७३ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?