१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकार परिवर्तनको प्रयास जायज: शेखर कोइराला

'ओली सरकार पूर्णतः असफल'

काभ्रे — नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार परिवर्तनको प्रयासलाई जायज भनेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भइसकेको आरोप लगाए ।

सरकार परिवर्तनको प्रयास जायज: शेखर कोइराला

'प्रमुख प्रतिपक्षीले तेस्रो ठूलो दलको सहयोगमा सरकार परिवर्तन गर्न खोज्नु जायज हो,' उनले भने 'लोकतान्त्रिक प्रणालीमा राष्ट्रिय सहमति भन्ने हुँदैन, एक न एक प्रतिपक्षमा बस्नै पर्छ ।'
पार्टीको धुलिखेल नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बामपन्थी बर्चस्व भएको मुलुकमा मात्र प्रतिपक्षी बिना सरकार संचालन हुनसक्ने बताए ।
संविधान कार्यान्वयन अहिलेको चुनौती भएको भन्दै उनले त्यसका लागि मधेश, आदिवासी जनजाति आदिको माग सम्बोधन गर्नुपर्ने बताए । मधेशको समस्यालाई भारतको आँखाबाट हेर्ने प्रवृती गलत भएको भन्दै त्यसले देशलाई नै अप्ठ्यारो पार्ने दाबी गरे ।
उनले मधेशको समस्या समाधान गर्न सरकार उदासीन रहेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा मात्रै समाधान हुने जिकिर गरे ।
फरक प्रसंगमा भारतका लागि नेपाली राजदुतलाई फिर्ता बोलाइनुले सरकारको 'हैसियत' प्रष्ट भइसकेको दाबी गरे ।

 

प्रकाशित : वैशाख २५, २०७३ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?