वन महानिर्देशकमा तिमला

काठमाडौं — वन विभागको महानिर्देशकमा सहसचिव गौरीशंकर तिमला नियुक्त भएका छन् ।

महानिर्देशक रहेका रेशमबहादुर डाँगी वन मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले रिक्त पदमा विभागकै उपमहानिर्देशक तिमलालाई जिम्मेवारी दिएको हो ।

वन महानिर्देशकमा तिमला

वन विभागको महानिर्देशकमा सहसचिव गौरीशंकर तिमला नियुक्त भएका छन् ।

महानिर्देशक रहेका रेशमबहादुर डाँगी वन मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले रिक्त पदमा विभागकै उपमहानिर्देशक तिमलालाई जिम्मेवारी दिएको हो । वनमन्त्री अग्निप्रसाद सापकोटाले डाँगीलाई १४ वैशाखमा महानिर्देशकबाट हटाएका थिए । मन्त्रालय स्रोतका अनुसार देशभर लागेको डढेलो नियन्त्रण गर्न नसकेको भन्दै मनत्री सापकोटा मन्त्रालयकै बैठकमा डाँगीसँग क्रुद्ध भएका थिए । त्यस लगत्तै डाँगी हटाइएका हुन् ।

डाँगी मन्त्रालय हाजिर भए पनि विभागीय जिम्मेवारी पाएका छैनन् । ‘त्यही भएर मन्त्रालय आउने जाने मात्रै काम भइरहेको छ,' उनले भने । मन्त्रालयमा वैदेसिक सहयोग समन्वय महाशाखा रिक्त छ । महाशाखा प्रमुख डा.विश्वनाथ ओली गत महिना सचिवमा बढुवा भएपछि पद रिक्त छ ।

प्रकाशित : वैशाख २५, २०७३ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?