२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

कानुनी पत्रकारिता पुरस्कार रावल र दुलाललाई

काठमाडौं — नेपाल बार एसोसिएसनले यस वर्षको कानुनी पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका रामबहादुर रावललाई प्रदान गरेको छ ।

 कानुनी पत्रकारिता पुरस्कार रावल र दुलाललाई

मंगलबार राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रममा रावललाई सम्मानपत्र र दोसल्लाका साथ नगद पुरस्कार बारका निवर्तमान कार्यवाहक अध्यक्ष राजेन्द्र साउद र उपाध्यक्ष टीकाराम भट्टराईले प्रदान गरे ।

न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवम् प्रक्रियाको पक्षमा जनतालाई सुसूचित तुल्याएको भन्दै बारले सम्मानपत्र साथ पुरस्कार प्रदान गरेको हो । यसैगरी, नागरिक दैनिकका दुर्गा दुलाल पनि सम्मानित भए ।

मंगलबार नै बारको नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ ।

प्रकाशित : वैशाख ७, २०७३ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?