केयुको २१ औँ दीक्षान्त समारोहमा १२ सय ४३ विद्यार्थी दीक्षित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केयुको २१ औँ दीक्षान्त समारोहमा १२ सय ४३ विद्यार्थी दीक्षित

कान्तिपुर संवाददाता

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयु)को २१ औँ दीक्षान्त समारोहमा १२ सय ४३ दीक्षित भएका छन् । पिएचडी, स्नातकोत्तर र स्नातक तह पुरा गर्ने स्कुल अफ साइन्सका २ सय ३७, स्कुल अफ मेनेजमेन्टका ४ सय ६९, स्कुल अफ इञ्जिनियरिङका २ सय ६२, स्कुल अफ एजुकेशनका ७२ र स्कुल अफ आर्टस्का २ सय ३ विद्यार्थी दीक्षित भएका हुन् । पहिलो चरणको दीक्षान्तमा १ हजार २ सय ४३ दीक्षित भएका थिए ।

 

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्नात्तकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ इञ्जिनियरिङका टंकप्रसाद दाहाललाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ आर्टसका सयसकुमार न्यौपाने, एमबिए तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कृति प्रधानलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी स्मृती सिंह श्रेष्ठलाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरेका थिए । २१ औँ दिक्षान्त समारोहसम्ममा केयुबाट २० हजार ६ सय ७८ दीक्षित भएका छन् । 

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्ञान सिप र दक्षतालाई उपयुक्त ढंगले प्रयोग गरी देशको सुयोग्य नागरिक बनि मानव समाज र राष्ट्रको समुत्थान हुने कार्यमा सदा समर्पित रहन आग्रह गरे । उनले आफ्नो ज्ञान र सिप मातृभुमि र मानव जातिको हितको लािग प्रयोग गर्न दीक्षितहरुलाई आग्रह गरे । ज्ञान लिएर मात्र नहुने भन्दै प्रधानमन्त्रीले त्यसलाई व्यवहारमा लागु गर्न आग्रह गरे ।

प्रमुख अतिथी पूर्वदर्शनका विद्वान एवं पत्रकार मदनमणि दीक्षितले नेपालमा पनि युगान्तकारी परिवर्तन शुरु भएको भन्दै परिवर्तनको त्यो नयाा दिशाको शिक्षा, मानविकी, व्यवस्थापन, इञ्जिनियरिङ र विज्ञान आदि सित अनुकुल गरी समाजको मानसिक विकासतर्फ उन्मुख गराउने मूल जिम्मेवारी देशका विश्वविद्यालयको भएको तर्क गरे । उपकुलपति डा. रामकण्ठ माकजुले दीक्षितबाट मुलुकले परिश्रम र त्याग खोजेको भन्दै आफ्नो ज्ञान र सिप कम अवसर पाएका मानिसहरुको पहुाच र प्रयोगमा आउने स्पष्ट बाटो खोज्न आग्रह गरे ।
 

 

प्रकाशित : मंसिर २९, २०७२ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

पढ्न पाउँदा मख्ख छन् बालबालिका

शब्द/तस्बिर: जितेन्द्र साह

काठमाडौं — मधेसमा आन्दोलनरत मधेसी मोर्चाले शिक्षण संस्थाप्रति उदार नीति अपनाएपछि केही दिनदेखि विराटनगरमा पठनपाठन सहज ढंगले भइरहेको छ ।

मोर्चाको लचिलो व्यवहारबाट विद्यालय पक्ष, अभिभावक र बालबालिका खुशी छन् । स्कुल बस समेत सञ्चालनमा आएपछि विद्यार्थीको उपस्थिति बढेको छ ।

दिउँसै कक्षा सञ्चालनमा आएपछि सबै पक्षले राहत महसुश गरेका छन् । यहाँ केही दिन घाम कम लाग्ने, बिहान र बेलुका सहरै ढाक्ने गरी बाक्लो हुस्सु लाग्ने हुनाले जाडो बेस्मारी बढेको छ ।

यस्तो चिसो मौसममा बिहानी स्कुल लाग्दा सबै पक्षलाई कठिन भएको थियो । अहिले घरमा तात्तातो भात खाएर विद्यालय पुगि केही बेर घाममा खेल्न पाउने हुनाले विद्यार्थी भाइबहिनीहरु मख्ख छन् ।

 

प्रकाशित : मंसिर २९, २०७२ १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×