पढ्न पाउँदा मख्ख छन् बालबालिका

काठमाडौं — मधेसमा आन्दोलनरत मधेसी मोर्चाले शिक्षण संस्थाप्रति उदार नीति अपनाएपछि केही दिनदेखि विराटनगरमा पठनपाठन सहज ढंगले भइरहेको छ ।

पढ्न पाउँदा मख्ख छन् बालबालिका

मोर्चाको लचिलो व्यवहारबाट विद्यालय पक्ष, अभिभावक र बालबालिका खुशी छन् । स्कुल बस समेत सञ्चालनमा आएपछि विद्यार्थीको उपस्थिति बढेको छ ।

दिउँसै कक्षा सञ्चालनमा आएपछि सबै पक्षले राहत महसुश गरेका छन् । यहाँ केही दिन घाम कम लाग्ने, बिहान र बेलुका सहरै ढाक्ने गरी बाक्लो हुस्सु लाग्ने हुनाले जाडो बेस्मारी बढेको छ ।

यस्तो चिसो मौसममा बिहानी स्कुल लाग्दा सबै पक्षलाई कठिन भएको थियो । अहिले घरमा तात्तातो भात खाएर विद्यालय पुगि केही बेर घाममा खेल्न पाउने हुनाले विद्यार्थी भाइबहिनीहरु मख्ख छन् ।

 

प्रकाशित : मंसिर २९, २०७२ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?