भारतीय राज्यसभामा नेपाल-भारत सम्बन्धको बहस सर्‍यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय राज्यसभामा नेपाल-भारत सम्बन्धको बहस सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौं — भारतको माथिल्लो सदन राज्यसभामा नेपाल-भारत सम्बन्धबारे बहस सुरु हुने वित्तिकै स्थगित भएको छ । भारतको बिहारबाट प्रतिनिधित्व गर्ने पवनकुमार शर्माले पेश गरेका सार्वजनिक महत्वको प्रस्तावमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले लिखित जवाफ दिएकी थिइन्। लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई बिचैमा रोके ।

नेपाल सम्बन्धी विषय महत्वपूर्ण भएको भन्दै सांसदहरुले छोटो समयमा छलफल गर्न नसकिने बताएका थिए । बहसका लागि छुट्याइएको एक घन्टाको समय कम भएको भन्दै सांसदहरुले अवाज उठाएका थिए । अब अर्को दिन कम्तिमा साढे ३ घन्टा यो विषयमा छलफल हुनेछ ।

बैठकमा अधिकांश सांसदहरुले नेपालबारे छलफल गम्भीर भएको भन्दै लामो छलफल आवश्यक भएको बताए । परराष्ट्रमन्त्री स्वराजले सोमबारको मिति प्रस्ताव गर्दै साढे ३ घन्टाको साटो ४ घन्टा छलफल गर्न आग्रह गरेकी छन् ।

प्रकाशित : मंसिर १७, २०७२ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

उपेन्द्र यादव र महन्थ ठाकुर अचानक काठमाडौंमा

बसन्त बस्नेत

काठमाडौं — सर्लाहीमा हुने भनिएको आमसभा छाडेर मधेसी मोर्चाका नेताहरु अकस्मात् काठमाडौं फर्केका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर र समाजवादी फोरम उपेन्द्र यादव अहिले अपराह्न जनकपुरबाट एउटै विमानमा काठमाडौं ओर्लेका हुन् ।


'म अचानक आएको हुँ, यहा अरुसँग केही कुरा हुन पाएको छैन,' काठमाडौं ओर्लेपछि ठाकुरले कान्तिपुरसँग भने, 'अहिलेसम्म वार्ताको केही खबर आएको छैन ।'
यादवले पनि आफू काठमाडौं आइपुगेको भन्दै विस्तृतमा पछि कुरा गर्ने बताए ।
तर भोलि काठमाडौं आउने भनी मधेस झरेका ठाकुर अर्का नेता यादवसँगै अकस्मात् काठमाडौं आइपुग्नुले राजनीतिक वृत्त एकाएक गर्मिएको छ ।

 

प्रकाशित : मंसिर १७, २०७२ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×