दुई तिहाइ नभएको सरकारसँग वार्ता गरिन्न : शरतसिंह भण्डारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई तिहाइ नभएको सरकारसँग वार्ता गरिन्न : शरतसिंह भण्डारी

शिव पुरी

रौतहट — राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले दुई तिहाइ बहुमत नभएको र दुई तिहाई जुटाउन नसक्ने सरकारसित वार्ता हुन नसक्ने बताएका छन् । मधेश आन्दोलनप्रति सरकार नकारात्मक बनेको आरोप लगाउँदै भण्डारीले यस्तो सरकारसित सम्झौता भए पनि कार्यान्वयन हुन नसक्ने भन्दै त्यसको औचित्य नहुने बताएका हुन् ।

रौतहटको चन्द्रनिगाहपुरमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भने, ‘लालपुर्जा तपाईंसित अनि तमसुक अर्कासित खोजेर हुन्छ ?’ संघीयता सीमाकंन र संविधानको विरोधमा भएको आन्दोलनको समर्थनमा गौर आएका भण्डारीले पुर्वपश्चिम राजमार्गमै बसेर पत्रकारहरुसँग कुरा गरेका थिए । भण्डारीको पार्टी पनि आन्दोलनमा छ ।  

‘ठूला नेता भनाउँदाहरुले गलत अभिव्यक्ति दिएर सिङ्गो देशको अपमान गरेका छन् । यसले नराम्रो दुर्घटना निम्त्याउँछ,’ भण्डारीले भने । उनले आन्दोलन लम्बियोस् र मधेशी जनताले कुनै किसिमको बिद्रोह गरुन् अनि दमनमा उत्रिने तयारीमा सरकार रहेको उनले आरोप लगाए ।

 

प्रकाशित : कार्तिक २३, २०७२ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

थरुहट/थारुवान संघर्ष समितिद्वारा आन्दोलन घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — चाडपर्वको लागि भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको थरुहट/थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।



समितिले राजधानीमा पत्रकार सम्मेलन गर्दै राजमार्ग ठप्प पार्नेसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

समितिद्वारा घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा सााझ मसाल जुलुस गर्ने,संविधानका धाराहरु चलाउने, व्यवस्थापिका संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागरण र विरोध सभा चलाउने, केन्द्रका नेताहरुको सहभागितामा जिल्ला र क्षेत्रमा विरोध सभा आयोजना गर्ने र मुद्दा मिल्ने पक्षसाग कार्यगत एकता गरेर आन्दोलनलाई अझै सशक्त पार्ने लगायत रहेका छन ।

पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए ।

प्रकाशित : कार्तिक २३, २०७२ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×