नाकाबन्दी अन्तर्राष्ट्रियकरण किन नगरेको  ? : सर्वोच्च

घनश्याम खड्का

काठमाडौं — सर्वोच्च अदालतले भारतबाट भएको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण नगर्नाको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

नाकाबन्दीका कारण पुरै देश संकटमा पर्दा पनि त्यसबारे मौन बस्नु अनुचित भन्दै उपभोक्ता हित संरक्षण मञ्चले असोज २१ गते दायर गरेको रिटमाथिको सुनुवाइमा प्रधान न्यायाधीश कल्याण श्रेष्ठको शुक्रबार बसेको इजलाशले सरकारलाई आदेश गरेको हो ।

सर्वोच्च अदालतले भारतबाट भएको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण नगर्नाको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

नाकाबन्दीका कारण पुरै देश संकटमा पर्दा पनि त्यसबारे मौन बस्नु अनुचित भन्दै उपभोक्ता हित संरक्षण मञ्चले असोज २१ गते दायर गरेको रिटमाथिको सुनुवाइमा प्रधान न्यायाधीश कल्याण श्रेष्ठको शुक्रबार बसेको इजलाशले सरकारलाई आदेश गरेको हो ।

युद्धमा समेत रोक लगाउन नपाइन मानवीय आवश्यकताका सामग्रीहरु एलपिजी ग्यास, डिजेल, पेट्रोल, औषधि, हवाइ इन्धनलगाय पदार्थ नेपालले किनेर ल्याउँदा समेत भारतले रोक लगाउँदा सम्मानपूर्वक बाँच्न पाउने मानवअधिकारको अन्तर्राष्ट्रिय सिद्धान्तमा गम्भीर उल्लंघन भएको रिट निवेदकको जिकिर छ ।

विश्व व्यापार संगठनको सदस्य समेत रहेको नेपालले अन्य देशबाट समेत सामानहरु छिमेकी देशको बाटो भएर ल्याउन पाउने कानूनी अधिकार राख्छ । अन्तराष्ट्रिय समुन्द्री कानूनले भूपरिवेष्ठित देशलाई निर्वाध रुपमा समुन्द्रसम्म पहुँच राख्न पाउने सुविधा दिएको छ ।

यी कानूनहरु उल्लंघन भएमा कुनै पनि देशले राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय नाकामा उजुरी गर्न सक्ने कानूनी प्रावधान छ ।

तर सरकारले यसबारे अन्तराष्ट्रिय जगतलाई अवगत गराउनु कता हो कता उल्टै नाकाबन्दी हो भनेर समेत घोषणा नगरेकाले तीन करोड नेपाली जनता त्यसै पिल्सनु परेको निवेदनमा उल्लेख छ ।

भारतीय संविधानमा भारतसँग कुनै देशले गरेको सन्धी सम्झौता पालना नभएको भए उक्त देशले भारतलाई त्यसबारे औपचारिक जानकारी गराउनु पर्ने व्यवस्था समेत छ ।

‘तर सरकारले यसबारे चुँसम्म पनि बोलेको छैन’ अधिवक्ता बानियाँ भन्छन्,‘देश चलाउने जिम्मा लिएकाहरुले यसरी लत्तो छाड्न मिल्दैन, त्यसले गर्दा आम मानिसको जीवन यातनापूर्ण हुन गएको छ ।’

नेपाल भारतबीचका प्रत्येक भन्सार नाकाबाट चौबिसै घण्टा विना वाधा अवरोधन सामानहरु आवत जावत गर्न पाउने सुविधा पहिले झैं निर्वाध उपभोग गर्न नपाउञ्जेल सरकारले त्यसलाई अन्तराष्ट्रिकरण गर्नु पर्ने जिकिर निवेदनमा गरिएको छ ।

निवेदनमा नाकाबन्दी बारे भारतलाई भारतकै संविधान अनुसार निवेदन दिने र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उजुरी हाल्ने काम सरकारले नगरेकाले त्यो तत्काल गराउन सर्वोच्चबाट आदेश जारी हुनु पर्ने निवेदकको माग छ । त्यस अनुसार आदेश जारी गर्न पर्ने नपर्ने बारे छलफलका लागि सर्वोच्चले सरकारलाई अदालतमा लिखित जवाफसहित हाजिर हुन पनि भनेको छ ।

प्रकाशित : कार्तिक १३, २०७२ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्

कमल थापाले जेनेभा भ्रमण रद्द गरे

यूपिआरमा कानूनमन्त्री जाने
कान्तिपुर संवाददाता

काठमाडौं — संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि सरकारका तर्फबाट कानूनमन्त्री अग्नी खरेल जेनेभा जाने भएका छन् ।


खरेलसहितको टोली यही कात्तिक १६ गते जेनेभा जानेछ र समीक्षा सकेर २० गते फर्किनेछ । परराष्ट्रमन्त्री कमल थापा मधेशी मोर्चासँग वार्तामा बस्नु परेकाले कानूनमन्त्री खरेल जेनेभा जाने तय भएको मन्त्रालयले जनाएको छ ।
युपिआरमा राष्ट्रसंघका सबै सदस्य राष्ट्रको मानवअधिकारको विश्वव्यापी समीक्षा गरिन्छ ।  सन् २००८ मा सुरु भएको यो समीक्षामा यसपाली नेपालको दोस्रोपटक पालो परेको हो । समीक्षामा हरेक देशले आफ्नो मानवअधिकारबारे राजनीतिक, नागरिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्थाको प्रतिवेदन पेश गर्नु पर्छ । मानवअधिकार आयोगले अघिल्लो महिना आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । युपिआरमा प्रस्तुत प्रतिवेदन र मानवअधिकारको मूल्याङनका आधारमा नेपालको अन्तराष्ट्रिय समूहसँगको सम्बन्ध र सहयोग निर्भर हुने भएकाले यो निकै महत्वपूर्ण हुन्छ ।

 

प्रकाशित : कार्तिक १३, २०७२ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×