जोगबनी नाकाबाटमात्रै १३९ ट्यांकर इन्धन, अहिलेसम्मकै सर्वाधिक आयात

विनोद भण्डारी

विराटनगर — जोगबनी नाकाबाट शुक्रबार अहिले सम्मकै सर्वाधिक इन्धनका ट्यांकर भित्रिएका छन् ।

अगाडिका सामान्य अवस्थामा पनि दैनिक सरदर ४० ट्यांकर भित्रिने गरेको यो नाकाबाट शुक्रबार साँझसम्म १ सय ३९ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ ।

जोगबनी नाकाबाट शुक्रबार अहिले सम्मकै सर्वाधिक इन्धनका ट्यांकर भित्रिएका छन् ।

अगाडिका सामान्य अवस्थामा पनि दैनिक सरदर ४० ट्यांकर भित्रिने गरेको यो नाकाबाट शुक्रबार साँझसम्म १ सय ३९ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ ।

जोगबनी नाकाबाट शुक्रवार अहिलेसम्मका सवैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको भन्सारले जनाएको छ । विराटनगर भन्सार प्रमुख कृष्णवहादुर बस्नेतका अनुसार डिजलका ९४, पेट्रोलका २८ ट्यांकर र खाना पकाउने एलपी ग्यासका १७ बुलेट भित्रिएका छन् । बुधबार राति यहाँबाट ५३ ट्यांकर पेट्रोलियम भित्रिएको थियो ।

पूर्वी नाका काँकरभिट्टाबाट शुक्रबार २ ट्यांकर इन्धन भित्रिएको मेची भन्सारले जनाएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीका अनुसार ४ ट्यांकर भित्रिने तयारीमा छन्।

प्रकाशित : कार्तिक १३, २०७२ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

चीनबाट इन्धन लिन ट्यांकर रसुवा आइपुगे

कृष्ण थापा

रसुवा — सहुलितको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमको एक दर्जन भन्दा बढी ट्यांकर शुक्रबार दिउँसो जिल्ला प्रवेश गरेको छ । ती ट्यांकर शुक्रबार सीमा टिमुरेमा रहने छन् । भोलि शनिबार बिहान २२ किलोमिटर टाढा चीनको केरुङबाट तेल भर्ने छन् ।

चीनले पनि शनिबार तेलका ट्यांकर केरुङ झार्ने छ । 'ट्यांकर आइसकेको छ,' प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने । काठमाडाैंबाट अाइपुगेका ट्या‌ंकरका चालक र सहचालककाे नागरिक समाज धुन्चेले स्वागतकाे तयारी गरेकाे नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

पेट्रोलियम पदार्थ लिएर चिनियाँ ट्यांकर पनि सिगात्सेबाट केरुङ आउँदै छन् । पेट्रोलियम पदार्थ लिनका लागि आयल निगमका निर्देशक दीपक बराल, नेपाल पेट्रोलियम डिलर्स नेसनल एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघको टोली सीमा रसुवागढी पुगेका छन् । नेपाल पेट्रोलियम डिलर्स नेसनल एसोसिएसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ ल्याउने सडक ठीकै रहेको बताए ।

रसुवाको धुन्चे आइपुगेको ट्यांकर । कृष्ण थापा/कान्तिपुर

शनिबार चीनका लागि नेपाली राजदूत महेश मास्के, ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्याल र चिनियाँ राजदूतले शनिबार सीमा मितेरी पुलमा तेल हस्तान्तरण गर्ने छन् ।
 
चिनियाँ एक ट्यांकर बराबर नेपालको दुई ट्यांकर पेट्रोलियम पदार्थ हुन्छ ।

चीनले एकहजार मेट्रिकटन पेट्रोल रसुवागढी नाका हुँदै नेपाल सरकारलाई दिने भएको छ । उक्त पेट्रोलियम पदार्थ थानकोटस्थित भण्डारण कक्षमा जम्मा गरिने छ ।

इन्धन खरिद सम्झौता पत्रमा डिजेल, मट्टितेल र ग्यास दिनेबारेमा शुक्रबारसम्ममा बेइजिङमा रहेका नेपाली पदाधिकारीको टोलीले विस्तृत जानकारी दिने निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
 
बुधबार साँझबाट वर्षासँगै शुक्रबार दिउँसो पनि केरुङमा हिउँ परेको छ । उच्च हिमाली भेगमा हिमपात अझै जारी छ । छिट्टै नेपाली ट्यांकरले पेट्रोलियम पदार्थ केरुङबाट उठाउनु पर्ने छ ।

बिहान काठमाडाैंबाट ट्यांकरहरु बिदा गरिएको भिडियो हेर्नुहोस्

प्रकाशित : कार्तिक १३, २०७२ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×