संसद् बहिष्कार गरेका छैनौं: यादव

कान्तिपुर संवाददाता

काठमाडौं — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्षका नाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसद् नछाडेको बताएका छन् ।

संसद् बहिष्कार गरेका छैनौं: यादव


उनले संविधान निर्माण प्रक्रियामा असहमति प्रकट गरेर संविधानसभा मात्रै बहिष्कार गरेको स्पष्ट पार्दै भने, 'हामीले व्यवस्थापिका संसद् छाडेका छैनौं । हामी अहिले आन्दोलनमा छौं । राज्यले रेस्पोन्स गरेको भए संविधानसभा पनि छाड्थेनौं ।'
रिपोर्टर्स क्लबको साक्षात्कारमा यादवले प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुने संकेत गरे । उनले भने, 'संसदमा जाने/नजाने कुरा परिस्थितिले हुन्छ ।'
अध्यक्ष यादवले सरकारले आफूहरूसँग सल्लाहै नगरी एकतर्फी रूपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विषयलाई 'मीठो नाटक' को संज्ञा दिँदै भने, 'सहमति नगरी गरेको कामले स्वामित्वमा गम्भीर समस्या आएको छ ।'
सीमांकनमा परिवर्तन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै यादवले राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनका आधारमा अघि बढे धेरै विषयहरू आफै्र समाधान भएर जाने दाबी गरे ।
अंगीकृत नागरिकले राज्यको महत्त्वपूर्ण पद पाउनुपर्छ भन्ने आफूहरूको माग नभएको भन्दै उनले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनु हुन्न भनेको प्रस्ट पारे ।

 

प्रकाशित : आश्विन २१, २०७२ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?