३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यसरी खुलाइँदैछ चीन नाका (फोटो फिचर)

ऋषिराम पौड्याल

तातोपानी(सिन्धुपाल्चोक) — दक्षिणी सीमामा अघोषित नाकाबन्दी भइरहेका बेला भूकम्पका कारण पॉच महिनादेखि बन्द चीनस‘ग जोडिएको तातोपानी नाका जोड्ने सडक मर्मतलाई तीब्र बनाइएको छ । एकतर्फी ट्रयाक मितेरी पुलको करिव डेढ सय मिटर नजिकै पुर्‍याइएको छ ।

यसरी खुलाइँदैछ चीन नाका (फोटो फिचर)

ठूला—ठूला चट्टान सडकमा थुप्रैकाले सीमा नजिकैको लिपिङ बजारमा बढी समस्या देखिएको छ ।

अहिले सडक विभाग, स्थानीय प्रशासन र व्यापारिक संघसस्थालाई मर्मत संभारमा सघाउन सीमा क्षेत्रमा केन्द्रित गरिएको छ । सडक विभागका महानिर्देशक माधव कार्कीका अनुसार बाह्रविसे—तातोपानी खण्डको २६ किमी सडकमा ब्रेकर, डोजर, स्क्याभेटर, लोडर तथा जेसीभीसमेत नौ वटा मेशिनले पहिरो पन्छाउने र चट्टान फोर्ने काम गरिरहेका छन् ।

‘वर्षात नहु‘दा सीमाको तीन किमी नजिकसम्म सार्वजनिक यातायातनै चलिसकेको छ,’ सडक निर्माणमा संलग्न चरिकोट डिभिजन कार्यालयका इन्जिनियर रामबहादुर गुरुङले भने, ‘फेरि पनि मेसिन थप्दै छौं ।’ सडकको बाह्रविसेबाट सिरसिरे, जम्बू, सखुवा, झ्यालेभीर, चाकू, डाकलाङ, झिर्पु, हिन्दी, लार्चा, दशकिलो, पार्किङ तथा लिपिङ बजारमा बढी समस्या देखिएको छ । एकोहोरो ट्रयाक लिपिङ पुर्‍याइएको छ । गुरुङ भन्छन्, ‘सवै भन्दा ठूलो पहिरो लिपिङमा बढी समस्या छ । सडकको माथिल्लो भागबाट आएको पहिरोले भन्सार आसपासका घरहरु समेत पुरिएका छन् ।’
 
बुधबार प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको अध्यक्षतामा लिपिङमा भएको भेलामा स्थानीयले तत्काल सडक खुलाउन आफूहरुले सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रकाशित : आश्विन १३, २०७२ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?