नाकाबन्दीले सीमाक्षेत्रको जनजीवन प्रभावित (फोटो)- समाचार - कान्तिपुर समाचार

नाकाबन्दीले सीमाक्षेत्रको जनजीवन प्रभावित (फोटो)

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतले गरेको नाकाबन्दीका कारण सीमा क्षेत्रका सर्वसाधारणको जनजीवन बिथोलिएको छ । नाकाबन्दीका कारण पूर्वी नाकामा बसोवास गर्ने सर्वसाधारण प्रभावित बनेका हुन् । ‘अब त सहज होला भनेको झन् कडाई शुरु भयो’, स्थानीय भन्सार एजेन्ट रोसन अग्रवाल गुनासो पोख्छन्, ‘सम्पूर्ण व्यापार चौपट्ट भइसक्यो ।’

भारतले गरेको नाकाबन्दीका कारण सीमा क्षेत्रका सर्वसाधारणको जनजीवन बिथोलिएको छ ।

नाकाबन्दीका कारण पूर्वी नाकामा बसोवास गर्ने सर्वसाधारण प्रभावित बनेका हुन् । ‘अब त सहज होला भनेको झन् कडाई शुरु भयो’, स्थानीय भन्सार एजेन्ट रोसन अग्रवाल गुनासो पोख्छन्, ‘सम्पूर्ण व्यापार चौपट्ट भइसक्यो ।’

नाकाबन्दीले नेपाल छिर्न नपाएर थन्किएका करिब चार सय ट्रक तथा कन्टेनरले भारतको पानीट्यांकी भन्सार परिसर अस्तव्यस्त छन् । ट्राफिक जामले उपभोग्य सामान लिन भारतीय बजार जाने नेपाली उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । ‘मेची पुल तरेर पानीट्यांकी बजार पुग्न कम्तिमा एक घण्टा लाग्न थालेको छ’, स्थानीय डिल्ली अधिकारीले समस्या सुनाए, ‘हामीजस्ता सर्वसाधारणलाई नराम्रो असर परेको छ ।’

ट्रकको लामले पैदल यात्री र रिक्सा आवात जावतमा समेत कठीनाई भएको छ । नाकाबन्दीले पूर्वको व्यस्त मेची भन्सार सुनसान छ । मेची भन्सारका सूचना अधिकृत दिपेन्द्र झाले भने, ‘पहिला काम गर्न भ्याइनभ्याइ थियो अहिले फुर्सदैफुर्सद छ ।’

प्रकाशित : आश्विन १३, २०७२ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूको प्रकाशन बन्द

अवधेशकुमार झा

मोरङ — लामो समयको बन्द हड्तालका कारण कागज, इन्धन लगायतको अभाव भएपछि विराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूको प्रकाशन बन्द भएको छ । विराटनगरबाट प्रकाशित हुने उज्यालो पत्र, उदघोष, न्यु श्रृष्टी, जन विद्रोह र दर्शन दैनिक तथा नागरिक दैनिकको पुर्वेली संस्करणको प्रकाशन बन्द भएको हो ।


 
ती पत्रिकाका व्यवस्थापनले संयुक्त विज्ञप्ती जारी गर्दै स्थानिय कागज उद्योगहरू बन्द हुँदा पत्रिका छपाई गर्ने कागजको अभाव भएको, पछिल्लो समय भारत अघोषित नाकाबन्दीका कारण बाहिरबाट आउने कागज, मसी र इन्धन लगायतका पत्रिका प्रकाशन गर्न अवश्यक सामग्रीको अभाव भएकोले प्रकाशन बन्द गर्नुपरेको जनाएको छ ।

यस्तै विराटनगर बाहिर पत्रिकाको वितरण कार्य रोकिएको, पत्रकारमाथी भौतिक तथा मानसिक दवाव र यातना दिने काम भएको, बन्दका कारण आर्थिक कारोवार ठप्प हुँदा विज्ञापन प्रभावित भएपछि पत्रिका प्रकाशन गर्न समस्या भएको जारी विज्ञप्तीमा उल्लेख छ । ‘आवश्यक सामग्री अभाव भएको अवस्थामा प्रकाशनलाई निरन्तरता दिन हामी असमर्थ भएका छौं,’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘सहज परिस्थिती निर्माण नभएसम्म पत्रिका प्रकाशन बन्द गर्न बाध्य भएका छौं ।’

नेपाल पत्रकार महासंघ मोरङका सभापति महेन्द्र बिष्टले आवश्यक सामग्रीको अभावका कारण पत्रिका प्रकाशन बन्द हुनु दुखद भएको बताए । उनले पत्र पत्रिका प्रकाशनकालागि सहज वातावरण बनाइदिन सरकार, आन्दोलनरत दल र सरोकारवाला सबैमा आग्रह गरे ।

 

प्रकाशित : आश्विन १३, २०७२ १४:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×