कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूको प्रकाशन बन्द

अवधेशकुमार झा

मोरङ — लामो समयको बन्द हड्तालका कारण कागज, इन्धन लगायतको अभाव भएपछि विराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूको प्रकाशन बन्द भएको छ । विराटनगरबाट प्रकाशित हुने उज्यालो पत्र, उदघोष, न्यु श्रृष्टी, जन विद्रोह र दर्शन दैनिक तथा नागरिक दैनिकको पुर्वेली संस्करणको प्रकाशन बन्द भएको हो ।

विराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूको प्रकाशन बन्द


 
ती पत्रिकाका व्यवस्थापनले संयुक्त विज्ञप्ती जारी गर्दै स्थानिय कागज उद्योगहरू बन्द हुँदा पत्रिका छपाई गर्ने कागजको अभाव भएको, पछिल्लो समय भारत अघोषित नाकाबन्दीका कारण बाहिरबाट आउने कागज, मसी र इन्धन लगायतका पत्रिका प्रकाशन गर्न अवश्यक सामग्रीको अभाव भएकोले प्रकाशन बन्द गर्नुपरेको जनाएको छ ।

यस्तै विराटनगर बाहिर पत्रिकाको वितरण कार्य रोकिएको, पत्रकारमाथी भौतिक तथा मानसिक दवाव र यातना दिने काम भएको, बन्दका कारण आर्थिक कारोवार ठप्प हुँदा विज्ञापन प्रभावित भएपछि पत्रिका प्रकाशन गर्न समस्या भएको जारी विज्ञप्तीमा उल्लेख छ । ‘आवश्यक सामग्री अभाव भएको अवस्थामा प्रकाशनलाई निरन्तरता दिन हामी असमर्थ भएका छौं,’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘सहज परिस्थिती निर्माण नभएसम्म पत्रिका प्रकाशन बन्द गर्न बाध्य भएका छौं ।’

नेपाल पत्रकार महासंघ मोरङका सभापति महेन्द्र बिष्टले आवश्यक सामग्रीको अभावका कारण पत्रिका प्रकाशन बन्द हुनु दुखद भएको बताए । उनले पत्र पत्रिका प्रकाशनकालागि सहज वातावरण बनाइदिन सरकार, आन्दोलनरत दल र सरोकारवाला सबैमा आग्रह गरे ।

 

प्रकाशित : आश्विन १३, २०७२ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?