भारतबाट कुहिएका सामान मात्रै आयो : काँकडभिट्टा भन्सार

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतले कुहिएका तरकारी र फलफूल मात्रै पठाएको मेची भन्सार कार्यालयले जनाएको छ । भन्सारका अनुसार ६ दिनमा आलु, प्याज, तरकारीजन्य वस्तु र माछा समेत गरी करिव ४० ट्रक कुहिएका र कुहिने अवस्थाका सामान मात्रै पठाएको छ ।

भारतबाट कुहिएका सामान मात्रै आयो : काँकडभिट्टा भन्सार

भारतले कुहिएका तरकारी र फलफूल मात्रै पठाएको मेची भन्सार कार्यालयले जनाएको छ ।

भन्सारका अनुसार ६ दिनमा आलु, प्याज, तरकारीजन्य वस्तु र माछा समेत गरी करिव ४० ट्रक कुहिएका र कुहिने अवस्थाका सामान मात्रै पठाएको छ । ‘हामीले पेट्रोललगायतका अत्यावश्यक सामान पठाउन आग्रह गर्दा कुहिएका तरकारी र फलफूल मात्रै पठाइदियो’, भन्सार प्रमुख भीमप्रसाद अधिकारीले कान्तिपुरसंग भने, ‘कुहिएका सामानको यहाँ के काम ?’

लामो समयदेखि भारतको पानीटयांकी भन्सारमा रोकिनु परेकाले खासगरी तरकारीजन्य वस्तु र फलफूल कुहिएर प्रयोग गर्नै नमिल्ने अवस्थामा छ । ‘आलु कुहिएर ट्रकै गन्हान्उन थाल्यो’, वंगालदेशवाट आलु लिएर आएको एउटा ट्रकका सहचालक तपस वर्मननले भने ।

प्रकाशित : आश्विन १२, २०७२ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?