१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रुपैडिया नाकाबाट एक बुलेट ग्यास भित्रियो

ठाकुरसिंह थारु

नेपालगञ्ज — सातादेखि अवरोध भइरहेको नेपाल–भारत सीमानाको रुपैडिया नाकाबाट आज बिहान एक बुलेट एलपी ग्यास नेपाल भित्रिएको छ । ग्याससँगै आलु बोकेका तीन वटा ट्रकसमेत नेपाल भित्रिएका छन् ।


नाकामा भइरहेको प्रदर्शनलाई कारण देखाउदै नेपाल आउने अत्यावश्यक वस्तु भन्सारमा रोक्दै आएका भारतीय अधिकारीहरुले आलु, गोलभेंडाजस्ता कुहिने सामान बोकिएका ट्रकहरु भने केही भित्रन दिइरहेका छन् ।
तेल र ग्यास बोकेका ट्रक भने नगण्य मात्रामा मात्रै भित्रिएका छन् । आज भित्रिएको ग्यास बुलेट चार दिनअघि नै भन्सार क्लियर गरिएको थियो ।

प्रकाशित : आश्विन १२, २०७२ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?