कैलालीमा ४ गाविस कार्यालय, २ प्रहरी पोष्ट जलाइयो

गणेश चौधरी

टीकापुर — कैलाली जिल्लाको मध्यवर्ती कोटा तुल्सीपुर गाविसको कार्यलयमा सोमबार राति आगजनी भएको छ  ।
आगजनीको जिम्मा कसैले लिएको छैन । आगजनी वाट कार्यलयका फर्निचर र कागजात जलेर पूर्ण रुपले ध्वस्त भएका छन् ।

कैलाली जिल्लाको मध्यवर्ती कोटा तुल्सीपुर गाविसको कार्यलयमा सोमबार राति आगजनी भएको छ ।
आगजनीको जिम्मा कसैले लिएको छैन । आगजनी वाट कार्यलयका फर्निचर र कागजात जलेर पूर्ण रुपले ध्वस्त भएका छन् ।
गत भदौ ७ गते एक नावालकसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुरमा घटेको हिंसात्मक घटना पश्चात कैलाली जिल्लामा श्रृखलाबद्ध तरिकाले गाविस कार्यलय र खाली प्रहरी चौकीमा आगजनी गर्ने कार्य दिन प्रति दिन वढ्दै गएको छ ।
केही दिनअघि रतनपुर गाविसको रामपुरस्थित छोटकी पलिया प्रहरी चौकी, गन्जुवा प्रहरी चौकी, पहलमानपुर गाविस, वौनियाा गाविस र धनसिंहपुर गाविसमा आगजनी गरिएको थियो ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?