कार्यवाहक परराष्ट्रमन्त्रीद्वारा भारतीय राजदूतसँग स्पष्टिकरण

कान्तिपुर संवाददाता

काठमाडौं — कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले नेपालमा जारी अघोषित नाकाबन्दीबारे भारतीय राजदूत रणजीत रायसँग प्रष्टिकरण लिएका छन् ।

भेटमा अधिकारीले भारतबाट अत्यावश्यक वस्तु आयात रोकिएकोबारे राजदूतको धारणा मागेका थिए ।

कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले नेपालमा जारी अघोषित नाकाबन्दीबारे भारतीय राजदूत रणजीत रायसँग प्रष्टिकरण लिएका छन् ।

भेटमा अधिकारीले भारतबाट अत्यावश्यक वस्तु आयात रोकिएकोबारे राजदूतको धारणा मागेका थिए । राजदूतले मधेसमा जारी आन्दोलनले असुरक्षा महसुस भएकाले आवागमनमा समस्या परेको बताएका थिए ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी का.वा. परराष्ट्रमन्त्री छन् ।

भेटमा मन्त्री अधिकारीले नेपालतर्फ असुरक्षा महसुस भएको सुरक्षा ग्यारेन्टी सरकारले लिने बताए ।

राजदूत रायले नेपालमा आवागमन रोकिएकोबारे भारत सरकारका उच्च अधिकारीलाई जानकारी गराउने बताएका थिए ।

प्रकाशित : आश्विन ८, २०७२ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

डा.अग्रवालद्वारा शिक्षा आयोगको उपाध्यक्ष पद अस्विाकार

अतुल मिश्र

सरकारद्वारा निर्मित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद वाट प्रा.डा.जगदिसप्रसाद अग्रवालले अस्विकार गरेका छन्  ।


मन्त्रिपरिषदको सामाजिक समितिको बैठक वाट स्विकृत १८ सदस्यीय आयोग को उपाध्यक्ष वाट अग्रवालले काम शुरु नगर्दा नै राजिनामा दिएका हुन । सरकार र प्रा.डा.गोविन्द केसीबिच छैठो अनसन मा भएको ११ बुदे सहमतिको पहिलो बुन्दा नै 'प्रा. केदार भक्त माथेमाको संयोजकत्वमा गठित 'चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनका सुझाव अनुसार यस पछि बस्ने पहिलो मन्त्री परिषदको बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने', उल्लेख थियो । डा.केसी समेत यो आयोग प्रति असन्तुष्टि जनाउदै आएका थिए ।
'म माथेमा प्रतिवेदनको सुझाव अनुसार कानुन बनाउन र कार्यान्वयन गर्न गठन हुने आयोगको कार्यकारी उपाध्यक्ष हुन राजी भएको थिए', डा.अग्रवालले भने-'तर सो को लागि व्यबस्था गर्न बनेको आदेशमा कार्यादेश तथा फरक जिम्मेवारी उल्लेख गरिएको हुनाले आफुलाई सो आयोगको उपाध्यक्षको रुपमा कार्य सम्पादन गर्न असजिलो महशुस हुन भएकोले सम्वद्घ निकायमा जिम्मेवारी सम्हाल्न असमर्थता व्यक्त गरेको छु ।' डा.केसी समेत यो आयोग प्रति असन्तुष्टि जनाउदै आएका थिए ।

प्रकाशित : आश्विन ८, २०७२ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×