१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

डा.अग्रवालद्वारा शिक्षा आयोगको उपाध्यक्ष पद अस्विाकार

अतुल मिश्र

सरकारद्वारा निर्मित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद वाट प्रा.डा.जगदिसप्रसाद अग्रवालले अस्विकार गरेका छन्  ।

डा.अग्रवालद्वारा शिक्षा आयोगको उपाध्यक्ष पद अस्विाकार


मन्त्रिपरिषदको सामाजिक समितिको बैठक वाट स्विकृत १८ सदस्यीय आयोग को उपाध्यक्ष वाट अग्रवालले काम शुरु नगर्दा नै राजिनामा दिएका हुन । सरकार र प्रा.डा.गोविन्द केसीबिच छैठो अनसन मा भएको ११ बुदे सहमतिको पहिलो बुन्दा नै 'प्रा. केदार भक्त माथेमाको संयोजकत्वमा गठित 'चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनका सुझाव अनुसार यस पछि बस्ने पहिलो मन्त्री परिषदको बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने', उल्लेख थियो । डा.केसी समेत यो आयोग प्रति असन्तुष्टि जनाउदै आएका थिए ।
'म माथेमा प्रतिवेदनको सुझाव अनुसार कानुन बनाउन र कार्यान्वयन गर्न गठन हुने आयोगको कार्यकारी उपाध्यक्ष हुन राजी भएको थिए', डा.अग्रवालले भने-'तर सो को लागि व्यबस्था गर्न बनेको आदेशमा कार्यादेश तथा फरक जिम्मेवारी उल्लेख गरिएको हुनाले आफुलाई सो आयोगको उपाध्यक्षको रुपमा कार्य सम्पादन गर्न असजिलो महशुस हुन भएकोले सम्वद्घ निकायमा जिम्मेवारी सम्हाल्न असमर्थता व्यक्त गरेको छु ।' डा.केसी समेत यो आयोग प्रति असन्तुष्टि जनाउदै आएका थिए ।

प्रकाशित : आश्विन ८, २०७२ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?