पूर्वप्रतिबद्धता तोड्दै महतो काठमाडौंतिर

अवधेशकुमार झा

मोरङ — मधेस आन्दोलन निश्कर्षमा नपुगुन्जेल काठमाडौं नजाने अडान लिंदै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो शुक्रबार साँझ विराटनगरवाट काठमाडौं गएका छन् । साढे पाँच बजेको सौर्य एयरलायन्सको बिमानवाट उनी राजधानी गएका हुन् ।

आन्दोलन सुरु भएपछि तराई झरेका उनले विभिन्न जिल्लामा सभाहरूलाई सम्बोधन गर्दा आफु मधेश आन्दोलन निश्कर्षमा नपुगुन्जेल राजधानी नजाने अडान दोहोर्‍याउँदै आएका थिए । आफ्नो अडानकै कारण गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष दुतका रुपमा विदेश सचिव एस जयशंकर आउँदा पनि उनी राजधानी गएनन् ।

शुक्रवार सुनसरीको इनरुवामा सभालाई सम्बोधन गरि ४ वजे विराटनगर आइपुगेका महतोले साता अघि प्रहरीको गोली लागि घाइते भएकाहरूको परिवारलाई भेटनुका साथै महाबीर चौकमा आयोजित कोण सभालाई सम्बोधन गरेका थिए । त्यसपछि सिधै उनी बिमानस्थल पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दे महतोले आफु विरगन्ज जानका लागि राजधानी जान लागेको बताए । यस अघि वीरगन्जवाट उनी भारतीय वाटो हुँदै गत मंगलवार मोर्चाको बैठकमा सहभागी हुन राजविराज आएका थिए । शुक्रबार राति काठमाडौंमा बस्ने र भोलि बिहान सिमरा हुँदै विरगन्ज जाने उनले बताए । मोर्चाले भन्सार केन्द्रित आन्दोलन सुरु गरेको र आफनो पार्टीको भागमा वीरगन्ज नाका संयोजक गर्ने जिम्मा आएकाले हतारिएर विरगन्ज जान लागेको उनले बताए ।

बिमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दे महतोले अबको वार्ता सिंहदरबार, भारतीय दुतावास वा काठमाडौं कहि नभएर मधेशकै धर्तीमा हुने बताए । उनले ४० दिन सम्म मधेसमा आन्दोलन हुँदा सरकारले कुनै ध्यान नदिएकाले काठमाण्डौको दानापानी बन्द गर्ने हिसावले भन्सार राजमार्ग केन्द्रित आन्दोलन थालेको बताए ।

उनले मोर्चाको शान्तिपूर्ण आन्दोलनमा भारत सहित बिदेशी राष्ट्रहरूले समर्थन गरेको बताए ।

प्रकाशित : आश्विन ८, २०७२ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

मोर्चाबन्दीका लागि गच्छदार मोर्चाले बनायो समिति

बसन्त बस्नेत

काठमाडौं — विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले अरु मधेसी दल र संगठनसँग मोर्चाबन्दीको आहवान गरेको छ । आज राजधानीमा बैठक गर्दै मोर्चामा आबद्ध फोरम लोकतान्त्रिक, रामसपा र फोरम गणतान्त्रिकले आन्दोलन सशक्त बनाउन यसो गर्नुपरेको जानकारी दिएका हुन् ।

'पहिचान र अधिकारका लागि मधेस र थरुहटमा जारी आन्दोलनलाई निणर्ायक बनाउन त्यहा क्रियाशील दल, मोर्चा, संगठनसग आवश्यकताअनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न सबै सम्भावनाको खोजी गर्न र मोर्चालाई प्रस्ताव सिफारिश गर्न' भनी मोर्चाले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरी, रामसपा प्रवक्ता केशव झा र फोरम गणतान्त्रिक महासचिव सीपी सिंह रहेका छन् ।  उता मधेसी मोर्चाको बुधबार राजविराज बैठकको निर्णयअनुरुप मधेसी मोर्चा र गच्छदारनेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकताका लागि तयारी चलिरहेको छ । गच्छदार मोर्चाको बैठक सकिएसगै तमलोपा अध्यक्ष ठाकुरसग कार्यगत एकताका लागि बैठक गर्ने तयारी भए पनि दुवै नेताको समय अभावका कारण भोलि बैठक बस्नेगरी स्थगित भएको छ ।

 

प्रकाशित : आश्विन ८, २०७२ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×