१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

यथास्थितिमा वार्ता हुन सक्दैन्ः अध्यक्ष यादव

वेदराज पौडेल

इनरुवा — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितीमा कुनैपनि हालतमा वार्ता हुन नसक्ने बताएका छन् । इनरुवामा संयुक्त मधेसी मोर्चाको विरोध सभालाई सम्बोधन गर्न आएको उनले पत्रकारसंग कुरागर्दै सो कुरा बताएका छन् ।

यथास्थितिमा वार्ता हुन सक्दैन्ः अध्यक्ष यादव


अध्यक्ष यादवले विगतमा मधेसवादी दलसंग भएको सम्झौता कार्यान्वयन भएमात्र अविलम्ब वार्ता हुनसक्ने बताए ।
अहिले मधेसमा भईरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनबाट भईरहेको दमन तत्काल रोक्नुपर्ने, सेना फिर्ता गर्नुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने,  आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार र क्षतिपूर्तीको पूर्णर् व्यवस्था नगरेसम्म कुनैपनि हालतमा वार्तामा नबस्ने उनले बताए ।
सरकारले बार्तामा बोलाई रहेको छ तर किन नजानु भएको भन्ने जिज्ञासामा उनले भने 'सरकारले फिरन्ते पत्र र विवाहको निम्तो कार्ड बाडे जस्तो गरि बोलाएकाले हामी गएनौं । सरकारले बार्ताका लागि न्यूनतम बाताबरण बनाए बार्तामा बस्छौं ।'
अध्यक्ष यादवले आफुहरुको नया कुनैपनि माग नरहेको बताउदै विगतको २२ बुदे र ८ बुदे सहमति कार्यान्वयन, शान्तिपूर्ण आन्दोलनमा प्रयोग भएको सेना र दंगाक्षेत्र फिर्ता हुनुपर्ने, राज्य पूनःसंरचना आयोगले दिएको सुझावको आधारमा संघीयता कार्यान्वयन गरे अहिले नै वार्ता हुन सक्ने बताए ।
उनले प्रमुख दलका नेताले भनेझै सबै माग पुरा भयो भनेको केहो सरकारलाई सोध्न संचारकर्मीलाई आग्रह गरे । उनले भने 'सबै माग पुरा भएको भए जनता यति लामो आन्दोलनमा किन होमिन्थे ? सरकारलाई तपाईहरुले सोध्नोस ।'
अध्यक्ष यादवले शान्तिपूर्ण आन्दोलनमा सेना र प्रहरीले प्रयोग गरेको गोली युद्धमा प्रयोग हुने गोली भएकाले सरकारले दमनको पराकाष्ट नाघेको आरोप समेत लगाए । उनले वार्ता मोर्चाले नभई सरकारले नचाहेको र सेना, प्रहरीको वलमा आन्दोलन दवाउने दुष्प्रयास गरिरहेको बताए । यादवले विगतका सहमतिहरुलाइ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भए र इमान्दारी पूर्वक वार्ताको वातावरण सृजना गरे अहिलेको गतिरोध अन्त्य हुने विश्वास समेत व्यक्त गरे ।
भारतले नाकाबन्दी गरेको नभइ आफूहरुकै कार्यक्रम नाकाबन्दी गरि केन्द्रलाई घुडा टेकाउने र आफ्ना मागहरु पुरा गराउने नीति रहेको उनले बताए ।
जेल फिल्डमा भएको बिरोध सभामा फोरमकी रेणुकुमारी यादव, बिद्यार्थी फोरमका केन्दि्रय अध्यक्ष अशेाक यादव, सदभावनाका सन्तोष मेहता, दिलिप साह, पुर्वसभासद, सविता यादव, फोरमका जिल्ला अध्यक्ष भगिरथ खत्वे, लगायतकाले बोलेका थिए । जिल्लाको ग्रामीण क्षेत्रबाट ट्याक्टर र मोटसाईकलमा सहभागिहरु आएका थिए ।

 

प्रकाशित : आश्विन ८, २०७२ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?