१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

भक्तपुर — ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेको बा ४५ प ३१९२ नम्बरको मोटरसाइकललाई ना ३ ख ९०९५ नम्बरको टि्रपरले लोकन्थली स्थित पेट्रोलपम्प अगाडी ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमी नगरपालिका-१५ कौशलटारका ३३ वर्षीय भुवन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।


टि्रपरको ठक्करले घाइते भएका न्यौपानेलाई नागरिक अस्पताल गठ्ठाघर ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी शेखर खनालले बताए । टि्रपर र टि्रपर चालक काभ्रे कुसादेवीका सूर्यबहादुर तामाङ्गलाई नियन्त्रणमा लिइएको डीएसपी खनालले बताए ।

 

प्रकाशित : आश्विन ८, २०७२ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?