नाकामा रोकिए नेपाल भित्रिने गाडी

काठमाडौं — नेपालले जारी गरेको संविधानप्रति असन्तुष्ट देखिएको छिमेकी भारतबाट नेपाल आउने सामानहरुमा भारतीय पक्षले कडाईंको नाममा अवरोध गरेको छ । भारतीय भन्सार कर्मचारीले माथिको आदेश भन्दै नेपाल भित्रिने मालबाहक ट्रक, ग्यास बुलेट र तेल ट्यांकरमा अवरोध गर्न थालेका हुन् ।

देशका विभिन्न नाकामा शुक्रबार पनि अवरोध जारी छ । विराटनगरको जोगबनी नाका, झापाको काकडभिट्टा नाका, पर्साको बीरगञ्ज नाका, रुपन्देहीको सुनौली नाका, नेपालगञ्जको रुपैडिया नाका आउनुपर्ने सामान आइपुग्न पाएका छैनन् ।
रुपन्देहीको सुनौली नाकाबाट आज विहानदेखि दुई खाली ट्रकबाहेक अन्य सवारी साधन नेपाल भित्रिएका छैनन् ।