भारतीय राजदूतको पत्रकार सम्मेलन रोकियो

दुर्गा खनाल

काठमाडौं — भारतीय राजदूत रणजीत रायले शुक्रबार साँझ गर्ने भनेको पत्रकार सम्मेलन रोकिएको छ । दूतावासले शुक्रबार दिउँसो प्रेस नोट जारी गर्दै साँझ ५ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित भएको जनाएको छ । संविधान निर्माणमा चासो राख्दै आएको भारतले मधेस आन्दोलनको कारण देखाउँदै अघोषित नाकाबन्दी सुरु गरेको छ ।

भारतीय राजदूत रणजीत रायले शुक्रबार साँझ गर्ने भनेको पत्रकार सम्मेलन रोकिएको छ ।

दूतावासले शुक्रबार दिउँसो प्रेस नोट जारी गर्दै साँझ ५ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित भएको जनाएको छ । संविधान निर्माणमा चासो राख्दै आएको भारतले मधेस आन्दोलनको कारण देखाउँदै अघोषित नाकाबन्दी सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले नाकाबन्दीबारे भारतको धारणा माग्न राजदूत रायलाई बोलाएपछि यस विषयमा प्रष्ट पार्न दूतावासले पत्रकार सम्मेलनको निधो गरेको थियो । तर मन्त्रालयले अहिलेसम्म बोलाएको छैन ।

यसैबीच नेपालको संविधान र तराईको आन्दोलनप्रति भारतीय चासो बढिरहेको बेला पछिल्लो समय नाकाहरुसमेत अवरोध हुन थालेपछि त्यसबारे दलका शीर्ष नेताहरुले भारतीय राजदूतसँग जानकारी लिएका छन् ।

राजदूत रायले शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै अनौपचारिक भेटघाट गरेका छन् । ती भेटमा नेताहरुले नाकाहरुमा भइरहेको समस्याबारे राजदूतसँग बुझ्ने प्रयास गरेको स्रोतले जनायो ।

दुई देशबीचको सम्बन्ध राम्रो बनाउनुपर्ने र यहाँको समस्या यहीका राजनीतिक दलहरुले समाधान गर्ने धारणा नेताहरुले राजदूतलाई सुनाएका थिए । नाकाहरुको समस्या समाधान गर्न लागि उनीहरुले ध्यानाकर्षण गराएका थिए ।

पूर्व प्रधानमन्त्री माधव नेपालसँग शुक्रबार कुराकानी गर्दै भारतीय राजदूत रणजित राय । तस्बिर: मोहन गौतमको फेसबुक

राजदूत रायले भारतबाट नभई स्थानीय समस्याका कारण त्यस्तो भएको हुनसक्ने भएकाले समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतकै विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार नै जारी गरेको विज्ञप्तिमा भने नेपालकै कारण समस्या सिर्जना भएको भन्ने उल्लेख छ । त्यही आशयको कुरा राजदूत रायले पनि नेताहरुसँग गरेका थिए ।

प्रमुख तीन दलको बिहीबार साँझ बसेको बैठकमा सीमा नाकामा भएको तनावबारे समीक्षा भएको थियो । नाकामा सामानहरु रोकिएकोबारे भारतीय पक्षसँग कुरा गर्ने सहमति दलहरुले गरेका थिए ।

प्रकाशित : आश्विन ८, २०७२ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

कविता संग्रह लिएर आउँदै जीवन लुईटेल

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली फिल्मका चर्चित अभिनेता जीवन लुईंटेल कविता संग्रह लिएर आउँदैछन् । ‘नायक’ शीर्षकको उनको कविता संग्रह असोज ११ गते राजधानीमा राजेश हमाल, करिश्मा मानन्धर लगायतले सार्वजनिक गर्दैछन् ।



‘म पहिलेदेखि नै कविता लेख्थें, बीचमा फिल्ममा व्यस्त भएपछि कविता लेख्ने र यिनको संरक्षण गर्ने तारतम्य मिलेन । यसैले आफूले लेखेका पनि हराउने स्थिति आयो,’ उनले कविता संग्रह प्रकाशनबारे भने । पैरवी बुक्सले बजारमा ल्याउन लागेको संग्रहमा उनले विभिन्न समयमा लेखेका कविता छन् ।

 

प्रकाशित : आश्विन ८, २०७२ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×