दुई मधेसी मोर्चाबीच सहकार्यको तयारी

बसन्त बस्नेत

काठमाडौं — विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग कार्यगत एकताको तयारी गर्न तमलोपा अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी काठमाडौं आइपुगेका छन् । बिहीबार साँझ विराटनगरबाट काठमाडौं ओर्लेका ठाकुरले सरकारसँग वार्ता संभावना भने नरहेको बताए ।



कार्यगत एकताका लागि फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारसँग ठाकूरले आजै भेट गर्दैछन् । संविधानको विरोधमा रहेका दल, मोर्चा र संगठनसँग मोर्चाबन्दी गर्ने बुधबार राजविराज बैठकको निर्णयअनुरुप मधेसी मोर्चा र गच्छदारनेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकताका लागि छलफल हुने मोर्चा स्रोतले जानकारी दिएको छ । गच्छदार मोर्चाको बैठक सानेपास्थित फोरम लोकतान्त्रिक कार्यालयमा बसिरहेको छ । बैठकपछि ठाकुरसँग भेट गर्ने गच्छदारले बताए ।

मधेसी मोर्चाका अरु नेतामध्ये  फोरम अध्यक्ष उपेन्द्र यादव विराटनगरमा, सद्भावना अध्यक्ष राजेन्द्र महतो राजविराज र तमसपा अध्यक्ष महेन्द्र राय यादव सर्लाहीमा छन् ।

 

प्रकाशित : आश्विन ८, २०७२ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिलाई गच्छदारले भने : अर्को संविधानसभा बन्दैन, संविधान संशोधन भए मान्य

बसन्त बस्नेत

काठमाडौं — फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपति रामवरण यादवसग भेट गरेका छन् ।शुक्रबार बिहान नौ बजे शीतल निवास पुगेका गच्छदार र राष्ट्रपतिबीच डेढ घण्टा भलाकुसारी चलेको थियो ।

फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपति रामवरण यादवसग भेट गरेका छन् ।

शुक्रबार बिहान नौ बजे शीतल निवास पुगेका गच्छदार र राष्ट्रपतिबीच डेढ घण्टा भलाकुसारी चलेको थियो । भेटमा राष्ट्रपतिले मधेस र थरुहटमा परिस्थिति असामान्य बन्दै गएको भन्दै निकासका लागि आफूलाई अग्रसरता लिन आग्रह गरेको गच्छदारले बताए ।

‘कोही पनि अधिकारबाट बञ्चित नहोस्, त्यसका लागि तपाईंले विगतमा झैं पहल लिनुपर्‍यो भनी राष्ट्रपतिले भन्नुभयो,’ गच्छदारले कान्तिपुरसँग भने, ‘मैले अब अर्को संविधानसभा बनाउन सम्भव छैन, संविधानमा संशोधन गरेर हाम्रा मुद्दा सम्बोधन हुनुपर्‍यो भनेको छु ।

राष्ट्रपतिज्यूले वार्ताको वातावरण बनाउन ठूला तीन दलसँग आग्रह गर्नुभएको छ ।’

प्रकाशित : आश्विन ८, २०७२ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×