कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

राष्ट्रपतिलाई गच्छदारले भने : अर्को संविधानसभा बन्दैन, संविधान संशोधन भए मान्य

बसन्त बस्नेत

काठमाडौं — फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपति रामवरण यादवसग भेट गरेका छन् ।

शुक्रबार बिहान नौ बजे शीतल निवास पुगेका गच्छदार र राष्ट्रपतिबीच डेढ घण्टा भलाकुसारी चलेको थियो ।

राष्ट्रपतिलाई गच्छदारले भने : अर्को संविधानसभा बन्दैन, संविधान संशोधन भए मान्य

फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपति रामवरण यादवसग भेट गरेका छन् ।

शुक्रबार बिहान नौ बजे शीतल निवास पुगेका गच्छदार र राष्ट्रपतिबीच डेढ घण्टा भलाकुसारी चलेको थियो । भेटमा राष्ट्रपतिले मधेस र थरुहटमा परिस्थिति असामान्य बन्दै गएको भन्दै निकासका लागि आफूलाई अग्रसरता लिन आग्रह गरेको गच्छदारले बताए ।

‘कोही पनि अधिकारबाट बञ्चित नहोस्, त्यसका लागि तपाईंले विगतमा झैं पहल लिनुपर्‍यो भनी राष्ट्रपतिले भन्नुभयो,’ गच्छदारले कान्तिपुरसँग भने, ‘मैले अब अर्को संविधानसभा बनाउन सम्भव छैन, संविधानमा संशोधन गरेर हाम्रा मुद्दा सम्बोधन हुनुपर्‍यो भनेको छु ।

राष्ट्रपतिज्यूले वार्ताको वातावरण बनाउन ठूला तीन दलसँग आग्रह गर्नुभएको छ ।’

प्रकाशित : आश्विन ८, २०७२ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?