‘दिल्लीको आदेश’ भन्दै पूर्वी नाकामा रोकियाे ट्रक

हिजोदेखि करिब २ सय ट्रक नेपाल छिर्न पाएनन्
पर्वत पोर्तेल

काँकडभिट्टा — सीमा सुरक्षा बल (एसएसवी) ले ‘दिल्लीको आदेश’ भन्दै पूर्वी नाकावाट नेपाल भित्रिदै गरेका करिब दुई सय बढी मालवाहक ट्रक सीमामा रोकेको छ ।
व्यबसायीका अनुसार एसएसबीले हिजो अपरान्हदेखि मालवहाक ट्रकहरु नेपाल प्रवेशमा रोक लगाएको हो ।

सीमा सुरक्षा बल (एसएसवी) ले ‘दिल्लीको आदेश’ भन्दै पूर्वी नाकावाट नेपाल भित्रिदै गरेका करिब दुई सय बढी मालवाहक ट्रक सीमामा रोकेको छ ।
व्यबसायीका अनुसार एसएसबीले हिजो अपरान्हदेखि मालवहाक ट्रकहरु नेपाल प्रवेशमा रोक लगाएको हो । ‘हिजो २ बजेदेखि कुनै पनि ट्रकलाई नेपाल छिर्न दिएको छैन’, व्यवसायी राजु महर्जनले ईकान्तिपुरसँग भने,‘व्यवसायीले बिनाकारण सास्ती पाइरहेका छन् ।’
एसएसबीले क्लिङ्कर, पेट्रोलियम, कोइला, मार्वल र तरकारी बोकेका ट्रकलाई नेपाल प्रवेशमा कडाई गरेको हो । सबै ट्रक भारतको पानीटंकी भन्सार परिसरमा थन्किएका छन् । ट्रक रोकिंदा सडक जाम छ । ‘भन्सारले जाँचेर छाडेका ट्रकहरु एसएसबीले रोकेर राखेको छ’, व्यवसायी जीवन निरौलाले भने,‘एसएसवीलाई अनुरोध गर्दा सुरक्षा कारणले रोकेको बताउँछ ।’


रानीगन्ज ग्राम पन्चायतका पूर्व प्रधानपन्च हान्द्रु उराउले एसएसबी अधिकारीसँग व्यापार सहजीकरणका लागि आग्रह गर्दा दिल्लीवाट आदेश आएको भन्दै अनुरोध अस्वीकार गरिएको बताए ।
‘स्थानीय राजनीतिक दलको नेतृत्वमा व्यापार सहजीकरणका लागि आग्रह गरियो’, उरावले भने,‘एसएसवीले सुरक्षाका दृष्टिकोणले अहिले छाड्न नसकिने बतायो ।’

प्रकाशित : आश्विन ७, २०७२ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

सभासदलाई सम्मान

कान्तिपुर संवाददाता

बाँके — मुलुकलाई नयाँ संधिान दिएको भन्दै अन्तर पार्टी महिला सञ्जालले बाँकेका सभासदहरूलाई बुधबार सम्मान गरेको छ। जनताको प्रतिनिधि भएर देशलाई निकास दिएकोमा सञ्जालले धन्यवाद दिएको हो।

गृहनगरका प्रधानमन्त्री सुशील कोइराला लगायत यहाँका १४ सभासदलाई खादा ओढाएर सम्मान गरिने कार्यक्रम भए पनि सम्मान लिन एमालेका सभासद दलबहादुर सुनार र कांग्रेसका सभासद मैकुलाल वाल्मीकि मात्र उपस्थित भएका थिए।

प्रकाशित : आश्विन ७, २०७२ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×