संविधान जलाउन लाग्दा झडप, प्रहरीको गोली लागी ६ घाइते



रौतहट — संविधान जलाउन गाउँगाउँबाट भेलाभएका आन्दोलनकारी र प्रहरीबीच सोमबार गरुडा बजारमा भएको झडपमा गोली लागी ६ घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।
प्रहरीले चलाएको रबरको गोली लागी प्रदर्शनकारी घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
गरुडाको मैथुर चोकमा संविधान जलाउन लाग्दा भएको झडपमा प्रहरीको गोली लागी गरुडा–४ का अशोक साह, अरविन्द राय यादव, सिकित राय, इन्द्रदेव पण्डित लगायत ६ जना घाइते भएका छन् ।
उनीहरुको स्थानिय बीके मेडिकल र अनामिका क्लिनिकमा उपचार भइरहेको छ । मुख, खुट्टा र शरीरका विभिन्न भागमा रबर गोली लागी घाइते भएका हुन् । अहिले गरुडामा कर्फ्यु लगाइएको छ । त्यहाँ अहिले फाटफुट झडप भइरहेको छ ।
प्रकाशित : आश्विन ४, २०७२ १८:३४