सभासदको घरमा आगो लगाएपछि मलंगवामा गोली चल्यो

अमन कोइराला

सर्लाही — एमाले सभासद कमलादेवी महतोको सदरमुकाम मलंगवा स्थित घरमा सोमवार आगजनी भएपछि प्रहरीले भिड तितर वितर पार्न गोली चलाएको छ । गोली लागेर पूर्व मन्त्री एवं फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा बिक्रम राय गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सभासदको घरमा आगो लगाएपछि मलंगवामा गोली चल्यो


तीन बिघे मैदानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संविधान जलाउने कार्यक्रम सकिएपछि  आगजनी भएको थियो । घाइतेको घाँटीमा गोली लागेको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले वताए । ' रायलार्इ हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको,'  उनले भने् । महिनाथपुर-८ का नितेश यादवलाई पनि गोली लागेको छ ।
गोली चलाएपनि दमकल अघि बढ्न नसक्दा घरमा लागेको आगो निभाउन नसकिएको प्रहरीले जनायो । सुरक्षाकर्मी र दमकललाई अबरोध कायम छ । गत सातापनि महतोको घरमा पेट्रोल बम हानेर आगो लगाउने प्रयास भएको थियो ।
मोर्चाका नेता एवं सभासद जंगीलाल रायले संविधान जलाउने कार्यक्रम शान्तिपूर्ण सकेर घर र्फकेपछि घट्ना भएको वताए । 'गाउँ गाउँवाट धेरै मान्छे जम्मा भएका थिए,' उनले भने, 'हामी निर्धारित कार्यक्रम सकेर घर आइसकेपछि घट्ना भएको रहेछ ।'

प्रकाशित : आश्विन ४, २०७२ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?