१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

[अपडेट] विराटनगर तनावग्रस्त, ३ जनालाई गाेली लाग्याे

दर्जनाैं राउन्ड अश्रुग्याँस र हवाई फायर
अवधेशकुमार झा

मोरङ — साेमबार बिहानैदेखी प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केही बेर यता विराटनगरको महावीर चौकमा झडप भइरहेको छ । मोर्चाका कार्यकर्ताले टायर बालेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप सुरु भएको हो । अहिले दोहोरो ढुंगा हानाहान भइरहेको छ ।

साेमबार बिहानैदेखी प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विराटनगरको महावीर चोकमा भएकाे झडपमा प्रहरीकाे गाेली लागि दुईजना घाइते भएका छन् । घाइते भएका १२ वर्षीय अयज सहनीकाे छातीमा र उमेर नखुलेका विशाल केसरीकाे मुखभन्दा केही तलकाे भागमा गाेली लागेकाे छ भने २० वर्षीय पिंकी केसरीकाे दाहिने काेखामा गाेली लागेकाे छ । तीनैजनाकाे गाेल्डन अस्पतालमा उपचार भइरहेकाे र स्थिती गम्भिर रहेकाे अस्पतालले जनाएकाे छ ।

मोर्चाका कार्यकर्ताले टायर बालेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप सुरु भएको हो । अहिले दोहोरो ढुंगा हानाहान भइरहेको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस र २ राउण्ड हवाई फायर गरेको डिएसपी प्रमोद खरेलले दाबि गरेपनि स्थािनयका अनुसार प्रहरीले दुई दर्जन अश्रुग्याँस तथा डेढ दर्जन गाेली प्रहार गरेकाे छ । विराटनगरको महेन्द्र चौकदेखी शनि मन्दिरसम्मको स्थिती अहिले तनावपुर्ण छ ।

प्रकाशित : आश्विन ४, २०७२ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?