‘भन्सार शुल्कमा कुनै परिवर्तन भएको छैन’

काठमाडौं — विदेशबाट त्रिभुवन विमानस्थल हुँदै आउँदा के–के सामान ल्याउन पाउने र भन्सार शुल्क कति लाग्ने भन्नेमा अहिले कुनै नियम परिवर्तन नभएको भन्सार विभागले स्पष्ट पारेको छ । विभागले एक वर्ष अघिदेखि साविक रुपमा चल्दै आएको नियम नै अहिले पनि कायम रहेको जनाएको छ ।

सामाजिक सञ्जालहरुमा पूरानो खबर नयाँ जसरी सार्वजनिक भएपछि प्रवासबाट फर्किन लागेका अन्यौलमा परेको भन्दै विभागले । ‘यो खबर कसरी आयो हामी पनि अचम्ममा परेका छौं,’ विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले ईकान्तिपुरलाई भने, ‘भन्सार शुल्क र ल्याउन पाउने/नपाउने सामानमा अहिले कुनै परिवर्तन भएको छैन ।’ विभागले बिहीबार सूचना जारी गर्दै ‘सामाजिक सञ्जालहरुमा सार्वजनिक भए जस्तो हाल कुनै पनि मालवस्तुमा भन्सार महशुल वृद्धि गरिएको छैन’ भनेको छ । ‘विदेशमा बसी त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने नेपाली नागरिकले निजी झिटी गुण्टा भारी आदेश, २०७१ वमोजिम सामानहरु ल्याउन पाउँछन्’ विभागले भनेको छ, ‘यो नियम २०७१ श्रावण १ गतेदेखि लागु भएको हो र यसमा कुनै पनि संशोधन वा परिवर्तन गरिएको छैन ।’

प्रकाशित : भाद्र २४, २०७२ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?