सिरहा दंगाग्रस्त घोषणा, सेना परिचालन

भरत जर्घामगर

लहान — प्रदर्शनकारी र प्रहरी बिच झडपपछि स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले सिरहाको राजमार्ग क्षेत्रमा बिहीबार दिउसो २ बजे देखि लागु हुने गरी अर्को आदेश नहुन्जेलसम्का लागि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।


सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जिल्लाको पूर्वी सिमाना बलान खोलादेखि पश्चिममा कमला नदिसम्म पूर्व पश्चिम राजमार्ग दायाँ बायाँ पाँच सय मिटर आसपासको क्षेत्रमा बिहीबार दिउसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा रिएको जानकारी दिए ।  त्यसैगरी नयाा चोहर्वादेखि दक्षिण सिरहा सदरमुकाम लच्का पुलसम्मको सहायक मार्गमा समेत दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । दंगा ग्रस्त घोषणा संगै सिरहामा सेना परिचालन गरिएको छ ।
प्रशासनले आज मध्यान्ह १२ बजेदेखि राजमार्ग र आसपास क्षेत्रलाई निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीले लहान एउटा मालवाहक ट्रक सहित मोटरसाइकल जलाएर प्रदर्शन जारी राखेपछि दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । यसैबिच लहानमा प्रदर्शनकारीहरुले बजार क्षेत्रका विभिन्न ठाउमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।  


    


    

 

 

प्रकाशित : भाद्र २४, २०७२ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

दुहवीमा पिकअप भ्यानमा आगजनी

कान्तिपुर संवाददाता

इटहरी — संयुक्त मधेसी मोर्चा, थारुहट र लिम्बुवानका कार्यकर्ताले सुनसरीका विभिन्न स्थानमा यातायात अवरोध गरेका छन् । यसै क्रममा दुहवीमा बिहीबार विहान ४ बजे को १ च २६९८ नम्बरको पिकअप भ्यानमा आगजनी गरेका छन् ।


पिकअपमा पेट्रोल छर्केएर आन्दोलनकारीले आगजनी गरेका थिए । आगजनीबाट सवार सकुसल छन् भने भ्यान अग्रभाग जलेको छ । दुहवीका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आन्दोलनकारीले विहान २ बजे बा ९ च ५५१८ नम्बरको मारुती भ्यानको सिसा फुटाई दिएका छन् । दुहवीमा आन्दोलनकारीले रुख ढालेर सडक समेत अवरुद्ध बनाएका छन् ।
यसैबीच पूर्व पश्चिम राजमार्ग खुलाउन लौकहीमा ढालिएको रुख प्रहरीले पन्छाएको छ । यातायात स्कर्टिङका लागि आन्दोलनकारीले सडकमा ढालेको रुख हटाउँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
सडकको अवरोध हटाएपनि प्रहरीले स्कर्टिङ गराउन सकेन । जसको कारण झुम्का र पकलीमा दुई सय भन्दा बढी मालवाहक र यात्रुबाहक ट्रक अलपत्र परेका छन् ।
प्रहरी उपरीक्षक सञ्जयराज शर्माका अनुसार अलपत्र सवारी सधान गन्तव्यसम्म पुर्‍याउने पहल भइरहेको छ । इनरुवा, दुवहवी, खनार र इटहरी समेत बिहीबार बन्द रहेका छन् ।

 

प्रकाशित : भाद्र २४, २०७२ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×