दुहवीमा पिकअप भ्यानमा आगजनी

इटहरी — संयुक्त मधेसी मोर्चा, थारुहट र लिम्बुवानका कार्यकर्ताले सुनसरीका विभिन्न स्थानमा यातायात अवरोध गरेका छन् । यसै क्रममा दुहवीमा बिहीबार विहान ४ बजे को १ च २६९८ नम्बरको पिकअप भ्यानमा आगजनी गरेका छन् ।


पिकअपमा पेट्रोल छर्केएर आन्दोलनकारीले आगजनी गरेका थिए । आगजनीबाट सवार सकुसल छन् भने भ्यान अग्रभाग जलेको छ । दुहवीका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आन्दोलनकारीले विहान २ बजे बा ९ च ५५१८ नम्बरको मारुती भ्यानको सिसा फुटाई दिएका छन् । दुहवीमा आन्दोलनकारीले रुख ढालेर सडक समेत अवरुद्ध बनाएका छन् ।
यसैबीच पूर्व पश्चिम राजमार्ग खुलाउन लौकहीमा ढालिएको रुख प्रहरीले पन्छाएको छ । यातायात स्कर्टिङका लागि आन्दोलनकारीले सडकमा ढालेको रुख हटाउँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
सडकको अवरोध हटाएपनि प्रहरीले स्कर्टिङ गराउन सकेन । जसको कारण झुम्का र पकलीमा दुई सय भन्दा बढी मालवाहक र यात्रुबाहक ट्रक अलपत्र परेका छन् ।
प्रहरी उपरीक्षक सञ्जयराज शर्माका अनुसार अलपत्र सवारी सधान गन्तव्यसम्म पुर्‍याउने पहल भइरहेको छ । इनरुवा, दुवहवी, खनार र इटहरी समेत बिहीबार बन्द रहेका छन् ।

 

प्रकाशित : भाद्र २४, २०७२ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?