विराटनगरका ठाउँ–ठाउँमा झडप

माधव घिमिरे, अबधेश झा

विराटनगर — आन्दोलनकारी र प्रहरीबीच आज पनि विराटनगरका विभिन्न स्थानमा झडप भएको छ । विराटनगर–रानी सडक खण्डअन्तर्गत रोडशेष चोक र मलाया रोडमा झडप भएको हो । त्यसक्रममा प्रदर्शनकारीले एमएम प्लाष्टिक उद्योगका सुरक्षा गार्डको टाउको ढुंगाले हानेर फुटाइदिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए ।

मलाया रोडस्थित स्नातकोत्तर क्याम्पस आसपास क्षेत्रमा पनि दुई पक्षबीच झडप भइरहेको छ । यसैबीच, मोरङका विभिन्न गाउँबाट प्रदर्शनका लागि आन्दोलनकारी दलले कार्यकर्तालाई सदरमुकाम ल्याउने तयारी गरिरहेको खरेलले दाबी गरे ।

आन्दोलनकारी दलमध्येको संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य जयराम यादवले आन्दोलनकारीलाई आतंकित पार्ने उद्देश्यले प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको दाबी गरे । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको उनले आरोप लगाए । मोरङको बुधनगरलगायत दक्षिण क्षेत्र जाने सडकमा आन्दोलनकारीले रुख लडाएर सडक अवरोध गरेको प्रहरी उपरीक्षण तारिणीप्रसाद लम्सालले बताए ।

आन्दोलनकारीले कोसी राजमार्गको विराटनगर ढाट क्षेत्रमा मोटरसाइकल सञ्चालनमा रोक लगाएका छन् । उनीहरुले कोसी राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । सुनसरीको दुहबीमा प्रदर्शनकारीले एउटा भ्यानमा आगजनी गरी क्षति पुर्‍याएका छन् । सुनसरीका दुहबी, इनरुवालगायत स्थानमा पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । मुख्य र सहायक सडकहरुमा रुख ढालेर अनि ठूल्ठूला खाल्डा खनेर अवरोध गरेका छन् ।

यसैबीच, चालकलाई पिटिएको र एम्बुलेन्स तोडफोड गरिएको भन्दै एम्बुलेन्स चालकहरुले मोरङ प्रशासन कार्यालयअघि पुगेर प्रशासनसमक्ष सुरक्षा माग गरेका छन् । बुधबार विराटनगरको रानी, मिल्स एरिया, भन्सार नाका, बुधनगरलगायत स्थानमा दुई पक्षबीच भएको झडपका कारण दिनभरजसो तनाव भएको थियो । आन्दोलनकारीले प्रहरीलाई ढुंगा र पेट्रोल भरिएको बोतल प्रहार गरेका थिए भने प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।

प्रकाशित : भाद्र २४, २०७२ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

सिरहामा निषेधित क्षेत्र घोषणा

भरत जर्घामगर

लहान — प्रदर्शनकारी र प्रहरी बिच झडपपछि स्थिती तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले सिरहाको राजमार्ग क्षेत्रमा बिहीबार मध्यान्हदेखि अर्को आदेश नहुन्जेलसम्का लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी मान बहादुर विश्वकर्माले जिल्लाको पूर्वी सिमाना बलान खोलादेखी पश्चिममा कमला नदिसम्म पूर्व पश्चिम राजमार्ग दाया बाया पााच सय मिटर आसपासको क्षेत्रमा बिहीबार मध्यान्ह १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र जारी गरिएको जानकारी दिए ।  त्यसैगरी नयाा चोहर्वादेखि दक्षिण सिरहा सदरमुकाम लच्का पुलसम्मको सहायक मार्गमा समेत निषेधाज्ञा जारी गरिएको छ ।

यसैबिच लहानमा प्रदर्शनकारीहरुले बजार क्षेत्रका विभिन्न ठाउमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।  प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान खण्डको पश्चिम ट्राफिक चौंक नजिक रुख ढालेर बुधबार सााझ सडक अवरुद्ध गर्न खोज्दा प्रहरीले रोक्ने क्रममा झडप भएको थियो ।

लहानमा झडपका क्रममा प्रहरीले गोली चलाउादा वुधवार साझ आठ आन्दोलनकारी र नौ प्रहरी घाइते भएका थिए ।

प्रकाशित : भाद्र २४, २०७२ १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×