१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आजको उपवास राष्ट्रको लागि: प्रा. डा. केसी

अतुल मिश्र

काठमाडौं — प्रा.डा.गोविन्द केसीले आफ्नो आइतबारको उपवास राष्ट्रको लागि भएको बताएका छन् । मुलुकमा हाल देखिएको असहज परिस्थितिले हटेर शान्ति आउनुसँगै सबैले जित्ने अनुभुति गरोस भन्ने चाहनाले उनले एक दिन उपवास गरेका हुन् ।

आजको उपवास राष्ट्रको लागि: प्रा. डा. केसी

आमरण अनसनको १३ औं दिन नै सरकारसँ सहमति भएपनि राष्ट्रको लागि एक दिन उपवास गर्ने आसयले उनी अनसन नतोडेका हुन् ।

‘मेले आइतबार राष्ट्रमा शान्ति छाओस, सबैले जितको अनुभूति गरोस, उन्नती होस् भन्ने आसयले उपवास गरेको हो,' डा.केसीले शुक्रबार मध्यरात सरकारसँग सहमति भएलगत्तै ईकान्तिपुरसँग भने, 'आइतबार मुलुकको लागि उपवास बसेर म दिउँसो तीन बजे केही तरल पदार्थ खाने छु ।’

सरकार र केसीबीच शुक्रबार राति १२ बजे ११ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतापछि ‘अलि अलि कम्प्रोमाइज’, गर्नु परेको टिप्पणी समेत डा.केसीको थियो ।

प्रकाशित : भाद्र २०, २०७२ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?