आङकाजी शेर्पा प्रहरी नियन्त्रणमा


काठमाडौं — संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई महानगरिय प्रहरी अपराध महाशाखा, टेकुको टोलीले बौद्धबाट नियन्त्रणमा लिएको छ ।


अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शेर्पालाई साइबर अपराध अन्तर्गत अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
‘शेर्पाको अकाउन्टबाट हिंसा बढ्काउने खालका कुराहरू लेखिएको पाइएकोले उनलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
प्रकाशित : भाद्र १६, २०७२ १५:२३