कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कान्तिपुर बोकेको गाडी दुर्घटना

चेतन अधिकारी

दमक — बिराटनगरबाट कान्तिपुर पत्रिका लिएर पूर्वतर्फ जांदै गरेको गाडी झापाको माइधारमा विराटनगरमा दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शिवसतासी–९ मा सुंगुरलाई जोगाउन खोज्दा को १ च ६५३० नम्बरको गाडी सडकबाट २५ मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट माइधारले जानकारी गराएको छ ।


दुर्घटनामा सवारी चालक नारायण मगर र पत्रिका वितरक सुरेश चौधरी सख्त घाइते भएका छन् । उनीलाई उपचारको लागि काठमाडौं न्यूरो अस्पताल पठाइएको छ ।
पत्रिका बोकेको गाडी दुर्घटना भएपछि मेची पहाड क्षेत्र र झापाको भेगमा पत्रिका पुग्न सकेको छैन् ।

 

प्रकाशित : भाद्र ११, २०७२ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?