थरुहट कार्यकर्ताले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर छोडे

कमल पन्थी

गुलरिया — थरुहट/थारुवान संर्घष समितिको कार्यकर्ताले समाचार संकलनका लागि सोरहवा जाने क्रममा कान्तिपुरकर्मी कमल पन्थी र नागरिककर्मी निर्मल घिमीरेलाई एक घण्टा नियन्त्रणमा लिई छाडेका छन् ।

जिल्लाको मैनापोखरमा थरुहटका कार्यकर्ताले हातमा लाठी लिई पत्रकारले हाम्रो आन्दोलनको समाचार छाप्दैन यिनीहरु सरकारी ऐजेण्ट हुन् भन्दै दुव्र्यवहार गरेका छन् । कार्यकर्ताले मोटरसाइकलको चाबी खोसेर लगेका थिए । समाचार पत्रिकामा प्रकाशित भइरहेको छभन्दा उनीहरुले पत्रकारलाई मोटरसाइकल चलाउन दिदैनौ भन्दै चाबी खोसेर लगेका थिए ।
थरुहट संर्घष समितिका संयोजक गोविन्द थारुलाई जानकारी गराएपछि मात्रै नियन्त्रण मुक्त गरिएको थियो ।

यसै गरि नेपालगन्जबाट आईरहेका सगरमाथा टेलिभिजनका संवाददाता विनय राजभण्डारी र रासस प्रतिनिधी सन्तोष पौडेललाई पनि केहीबेर रोकेर छाडेका थिए ।

 

प्रकाशित : भाद्र ८, २०७२ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?