३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राधेश पन्तको घरमा विप्लव माओवादीको झण्डा

१६ नेता कार्यकर्ता पक्राउ

काठमाडौ — लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको घरमा झण्डा गाड्न गएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नेता इश्वरी दाहालसति १६ जना कार्यकर्तालाई बाँसबारीस्थि पन्तको घरमा झण्डा गाडेर फर्कदै गर्दा पक्राउ गरेको हो ।

राधेश पन्तको घरमा विप्लव माओवादीको झण्डा


झण्डा गाड्न करिव २ सयको संख्यामा माओवादी कार्यकर्ता त्यहाँ पुगेका थिए । झण्डा गाडेर कोणसभा गर्न समेत भ्याएका उनीहरुले बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्त भ्रष्टाचारी तथा जल माफिया भएकाले उनको घरमा कालो झण्डा र व्यानर गाडेको आरोप लगाएका छन् ।
माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङदी २, अरुण ३ लगायत विभिन्न जलविद्युत आयोजनामा पन्तले राष्ट्रघाती सम्झौता गरेको नेकपा माओवादीको आरोप छ । पक्राउ परेका सबै जनालाई महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राखिएको छ ।

प्रकाशित : चैत्र ६, २०७१ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?