३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पूर्वप्रधानमन्त्री खनालले पनि वैद्य भेटे

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले नर्भिक अस्पतालमा उपचाररत नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले पनि वैद्य भेटे

बुधबार दिउँसो अस्पताल पुगेर खनालले उपचारमा संलग्न चिकित्सकहरुसँग पनि वैद्यको स्वास्थ्यबारे जानकारी लिएका थिए । चिकित्सकहरुले वैद्यलाई १० दिन आराम गर्न सल्लाह दिएका छन् ।
वैद्यलाई छातीमा समस्या भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्रीले नर्भिकमा वैद्यलाई भेटे
प्रधानमन्त्री सुशील कोइरालाले बुधबार नर्भिक अस्पताल गएर त्यहाँ उपचाररत नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेट गरेका छन् । उनले वैद्यको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।
चिकित्सकहरूले प्रधानमन्त्रीलाई वैद्यको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी गराएका थिए । कुराकानीका क्रममा कोइरालाले नेताहरूलाई एक न एक रोगले छोएको बताउँदै आफूलाई पनि क्यान्सर लागेको सुनाएका थिए ।
कोइरालाले अध्यक्ष वैद्यका आफन्त तथा उपचारमा संलग्न चिकित्सकहरूलाई राम्रो रेखदेख र उपचार गर्न अनुरोध गरेका थिए । मंगलबार नभिर्कमा भर्ना भएका वैद्यको उपचार डा. बृजेन्द्र श्रीवास्तवको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरिरहेको छ ।


 

प्रकाशित : पुस १६, २०७१ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?