कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिन्धुपाल्चोकमा स्कुल बनाउँदै जापानी

काठमाडौं — भदौ पहिलो साता अविरल वर्षाका कारण क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको स्याउले गाविस १ मा रहेको मंगलाभैरव प्राविका लागि एसिया फ्रेन्डसिप नेटवर्कले सात कोठे पक्की भवन निर्माण गरिदिने भएको छ ।

सिन्धुपाल्चोकमा स्कुल बनाउँदै जापानी


गएको वर्षामा भासिएको विद्यालयको तीन वटा पक्की भवनमा अध्ययन गराउन असम्भव भएपछि विद्यार्थीहरुलाई बाासको टहरामा त्रिपालको छानो हालेर अध्यापन गराइँदै आएको थियो ।

विद्यालयको अवस्थाबारे जानकारी पाएपछि एसिया फ्रेन्डसिप नेटवर्क जापानका अध्यक्ष इसिमारो योजिरोलगायत संस्थाका पदाधिकारीले विद्यालयको अवलोकन गरेका थिए । त्यसलगतै एसिया फ्रेन्डसिप नेटवर्क नेपालका अध्यक्ष गणेशमान लामा र सञ्चारकर्मी तथा नेटवर्क जापानका सदस्य प्रेम बानियाँले मंगलबार सात कोठे भवनको शिलान्यास गरेका हुन् ।

जापानी नागरिक कुमिहाशी काजुकोको सम्झनामा उनकी छोरी कुमिहाशी ताकाकोको आर्थिक सहयोगबाट भवन बन्ने भएको हो । मंगलबार संस्था र विद्यालय व्यवस्थापन समितिबीच विभिन्न ९ बुँदै सम्झौतासमेत भएको छ ।

संस्थाले 'यू' आकारको एकतले विद्यालय भवनसहित पुस्तकालय निर्माण गरिदिने भएको छ । साथै विद्यालयलाई आवश्यक अन्य फर्निचरसमेत उपलब्ध गराइने सम्झौता भएको बानियाँले जानकारी दिए ।

नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नेटवर्कले हालसम्म ७३ विद्यालय निर्माण गरिसकेको छ ।
 

प्रकाशित : पुस १६, २०७१ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?